बिमलेन्द्र निधीले गरे सभापतिमा उम्मेदवारी घोषणा
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । उनले बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।
पार्टीको आसन्न १४ औँ महाधिवेशनमा निधीले उम्मेदवारी घोषणा पत्र सार्वजनिक गर्दै सभापतिमा दावी गरेका हुन् । यसअघि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य शेखर कोइराला, कल्याण गुरुङले सभापतिमा दाबी गरेका थिए ।