एमाले महाधिवेशनको आकर्षण मस्कट

एमाले महाधिवेशनको आकर्षण मस्कट

चितवन : नारायणी नदी किनारमा एमालेको झण्डा फरफराइरहेको थियो। आकर्षक ढंगले सजाइएको मञ्चअघि फोटो खिच्नेहरूको ध्यान एक्कासि किनारतर्फ सोझियो। मञ्चको दाहिनेतर्फ बनाइएको गैंडाको मस्कट राखेपछि नेता कार्यकर्ता त्यतै लागे। भूइँमा ढुंगाको आकार निकालेर अबिर राखेर चुनाव चिह्न सूर्य बनाइएको छ। त्यसको माथि हँसिया हथौडा अंकित झण्डा बोकेको गैंडाको मस्कट छ। एमाले महाधिवेशन स्थलमा पुग्ने सबैको ध्यान केन्द्रित गरेको छ।

कात्तिक २६ गते एमालेले गैंडाको मस्कटसहितको लोगो सार्वजनिक गरेको थियो।  लोगोमा मस्कटले कम्युनिस्ट पार्टीको झण्डा बोकेको छ। कलाकार सूर्य मध्यरातको समूहले १० दिन लगाएर बनाएका छन्। ‘छोटो समयमा मिहेनत गरेर मूर्ति बनाएका छौं,’ उनले भने ‘यो २० वर्ष टिक्छ।’ गैंडाको मस्कट फाइबरबाट बनाइएको हो। एमालेले आफ्नो चिनोका रूपमा संधैका लागि छाडेर जानेछ। नारायणी किनारमा पुग्नेका लागि सेल्फि प्वाइन्ट बनाएको हो। मस्कटसँग सेल्फि र फोटो खिच्न बुधबारदेखि नै मानिसको घुइँचो लागेको छ। 

पर्यटकीय नगरी चितवनको विशेषता हो, ‘एक सिङ्गे गैंडा’। विश्वमै दुर्लभ मानिएको गैंडालाई यसपटक एमालेले महाधिवेशनमा केन्द्रित गरेको छ। दसौंै महाधिवेशनबाट गैंडाको मस्कटले जुन सन्देश जान्छ त्यसले संरक्षणकर्मी खुसी छन्। 

दुई दशकदेखि गैंडा संरक्षणमा लागेका डब्लूडब्लूएफका माधव खड्काले राजनीतिक दलले गैंडालाई प्राथमिकता दिएका कारण संरक्षणमा टेवा पुग्ने बताए। ‘हामीले दसकौं लगाएर लाखौं शक्ति लगाउँदा पनि नेपाली जनताको बीचमा गैंडाको महŒव बुझाउन जुन समय लाग्थ्यो, विश्वास गर्न जति समय लाग्थ्यो। त्योभन्दा बढी एकैपटक एकै ठाँउबाट सन्देश जानेछ,’ उनले भने, ‘राष्ट्रिय पार्टीले आफ्नो महाधिवेशनमा गैंडाको मस्कट बनाउनु गैंडाप्रतिको सम्मान र संरक्षणको सहयोग हो।’ नेपालमा ७ सय ५२ र  चितवनमा मात्रै ६ सय ४५ गैंडा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.