पदाधिकारीसहितको सूची तयार, बन्दसत्र स्थलमा पुगे ओली

पदाधिकारीसहितको सूची तयार, बन्दसत्र स्थलमा पुगे ओली

चितवन: नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्द सत्र १२ घन्टापछि सुरु भएको छ। आज बिहान १० बजेका लागि बोलाइएको बन्दसत्र पटक पटक स्थगित भएको थियो।

अध्यक्ष केपी शर्मा ओली दिनभरिको परामर्शपछि साढे ९ बजे बन्दसत्रका लागि प्रस्थान गरेका थिए। उनी बन्दसत्र स्थल पुग्नेवितिकै 'केपी बा आइ लभ यु' भन्दै कार्यकर्ताहरुले नारबाजी गरेका थिए।

पदाधिकारीमा धेरै नेताहरु आकांक्षी भएपछि ओली दिनभरि परामर्शमा बसेका थिए। उनले यसबीच ईश्वर पोखरेल, सुवास नेम्वाङलगायतका नेतासँग परामर्श गरेका थिए। सर्वसहमतिको जिम्मा पाएका ओलीले बन्सत्रमा पदाधिकारी र केन्द्रीय सदस्यको नामावली पढ्ने बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.