चिनियाँ राजदूतावास भन्यो -चीनले अफ्रिकाका कुनैपनि परियोजना कब्जामा लिएको छैन

चिनियाँ राजदूतावास भन्यो -चीनले अफ्रिकाका कुनैपनि परियोजना कब्जामा लिएको छैन

बेइजिङ : चीनले अफ्रिकी मुलुक युगान्डाका कुनैपनि परियोजना कब्जामा नलिएको स्पष्टिकरण दिएको छ । युगान्डास्थित चिनियाँ राजदूतावासले सो स्पष्टिकरण दिएको हो । शनिबार र आइतबार विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले चीनले युगान्डाको एकमात्र अन्र्तराष्ट्रिय विमानस्थल कब्जामा लिने भएको खबर प्रकाशित गरेका थिए ।

युगान्डाले चीनको ऋण तिर्न नसक्दा सो विमानस्थल कब्जामा लिन लागेको भन्दै युगान्डास्थित चिनियाँ राजदुतावासले ध्यानाकर्षण गरेको थियो । ‘चीनले युगान्डालगायत विभिन्न विकासोन्मुख मुलुकहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।

हामीबीच विगतदेखि मित्रवत् सम्बन्ध चलिआएको छ,' राजदूतावासका प्रवक्ताले ग्लोबल टाइम्ससँग भनेका छन्, ‘त्यसैले ऋण तिर्न नसकेको आधारमा चीनले युगान्डा र अफ्रिकाका कुनैपनि परियोजना आफ्नो कब्जामा लिएको छैन। चीनले अफ्रिकाको क्षमता विकासका लागि निरन्तर सहयोग गर्नेछ ।’

सन् २०१५ मार्चमा चीनको एक्सपोर्ट-इमपोर्ट बैंकले युगान्डाको एकमात्र अन्तर्राष्ट्रिय एन्टेबे इन्टरनेसनल एयरपोर्ट पुनर्निमाण र विस्तारका लागि करिब २०० मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराएको थियो।

सो परियोजनाले सन् २०२२ को अन्त्य सम्ममा सम्पन्न हुने लक्ष्य राखेको छ भने हालसम्म ७५.१ प्रतिशत काम सम्पन्न भएको चिनियाँ मिडियामा उल्लेख छ। चीनले युगान्डामा विभिन्न हाइड्रो परियोजनामा लगानी गरिरहेको समेत बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.