एड्स : रोगभन्दा बढी संक्रमण

एड्स : रोगभन्दा बढी संक्रमण

विश्वमा प्रत्येक दिन १४ हजार मानिस एचआईभी संक्रमित भएको कुरा सम्बन्धित क्षेत्रका विज्ञले औंल्याएका छन्। यो एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्या(नाकर्षण गर्दै जनचेतना जगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउन थालिएको थियो। यसै क्रममा अमेरिकामा सन् १९८१ मा पहिलोपटक एचआईभी संक्रमण देखिएको थियो। यसलाई वास्तवमा एचआईभीलाई सुरुआती समयमा निकै खतरनाक रोगका रूपमा लिइन्थ्यो। किनभने एचआईभी संक्रमितका लागि औषधिको समेत आविष्कार भइसकेको थिएन। अहिले विश्वभर एचआईभी संक्रमित बढिरहेका छन्।

मूलतः हाल आएर विज्ञानले समेत यसको औषधि पनि पत्ता लगाइसकेको छ। तर, एचआईभी संक्रमितको संख्या भने दिनप्रतिदिन बढ्दो छ। हाम्रो देशको राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार हाल विश्वमा करिब ३ करोड ५० लाख मानिस एड्स रोगबाट संक्रमित रहेको तथ्यांक छ। यसरी विश्वभर एचआईभी संक्रमितको संख्या भने दिनप्रतिदिन बढिरहेको छ। यसरी हेर्दा विश्वमा ३६.७ मिलियन मानिस एचआईभी संक्रमित छन्। तर, संक्रमित ७० प्रतिशतलाई मात्र आफूमा एचआईभी पोजेटिभ भएको बारेमा ज्ञान छ। अहिलेसम्म ३५ मिलियनभन्दा बढी मानिसको मृत्यु एचआईभीका कारण भएको छ। हाम्रो

देशको कुरा गर्ने हो भने एचआईभीको प्रथम संक्रमण सन् १९८८ मा देखिएको हो। यो भन्नाले केही निश्चित समूहमा मात्र यो संक्रमणको सम्भावना रहेको र कुल जनसंख्याको एक प्रतिशतभन्दा कमलाई मात्र महामारी भएको भन्ने बुझिन्छ।

यसरी मुलुकमा एचआईभीको जोखिममा धेरै भएका समूहहरूमा मुख्यतः वैदेशिक रोजगारीका क्रममा विदेश जाने कामदार र तिनका परिवारहरू, पुरुषसँग शारीरिक सम्पर्क गर्ने पुरुषहरू, सुईद्वारा नशा सेवन गर्ने व्यक्तिहरू र असुरक्षित यौनकर्म गर्ने महिला यौनकर्मी र तिनका सेवाग्राही छन्। हालसम्मको अवस्थालाई अवलोकन गर्ने हो भने ४० हजार ७ सय २३ एचआईभी एड्स संक्रमित रहेको सरकारी तथ्यांक छ। नेपालमा एड्ससम्बन्धी उपचारका लागि देशका विभिन्न स्थानमा ५२ केन्द्र स्थापना गरी सरकारले उपचार तथा परामर्श उपलब्ध गराउँदै आएको छ। देशमा पछिल्लो समय संक्रमितको संख्या २९ हजार ९ सय ४४ छन्। तसर्थ

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ३४ लाख बालबालिका एचआईभी संक्रमित छन्। एचआईभी संक्रमित हरेक १० मध्ये ९ जना बालबालिकामा एन्टी रेट्रोभाइरल औषधिको पहुँच छैन।यो हुनुको मुख्य कारणमा असुरक्षित यौन सम्पर्क, संक्रमित सुई, सिरिन्जको प्रयोग र परीक्षण नगरिएको रक्तदानबाट सर्ने एचआईभी÷एड्स नै हुन्। ९० को दशकपछि विशेषगरी दक्षिण अफ्रिकी महादेश छोडेर दक्षिण तथा दक्षिण एसियामा व्यापकता पाएको विशेषज्ञहरू बताउँछन्। विशेषतः यौन व्यवसायी, ट्रक ड्राइभर, सुईबाट लागूऔषधको प्रयोग गर्ने व्यक्तिमा संक्रमण व्यापक रहेको सर्वेक्षणहरूले देखाएका छन्। यसरी मुलुकमा एचआईभी रोकथामका लागि सरकारले गत अघिल्लो वर्ष ५० करोड र निःशुल्क औषधिका लागि १४ करोड विनियोजन गरेको थियो। अतः एचआईभीबाट बच्न विशेषगरी एबीसीको नियम प्रचलित छ। यसमा ‘ए’ले ‘एब्सटिनेन्स’ जनाउँछ। जसको अर्थ एचआईभी संक्रमितसँग यौनसम्पर्क नगर्नु भन्ने हो। ‘बी’ भनेको ‘विटुविन टु पार्टनर’ हो। जसको अर्थ श्रीमान् र श्रीमतीबीच मात्र यौनसम्पर्क गर्नु भन्ने हो। र ‘सी’को अर्थ ‘कन्डम प्रयोग गरेर यौनसम्पर्क गर्नुपर्छ’ भन्ने हो।

एचआईभीलाई अहिले संसारभर एउटा रोगभन्दा पनि संक्रमणका रूपमा हेरिन्छ। हरेक एचआईभी संक्रमितहरू एड्स लागेका होइनन्।

एक्वायर्ड इम्युमिनो डिभिसेन्सी सिन्ड्रमनामक भाइरस शरीरमा प्रवेश गरेको छ र एकदेखि तीन महिनापछि रगत परीक्षण गर्दा उक्त भाइरस देखिएमा एचआईभी पोजेटिभ भएको मानिन्छ। यसको संक्रमणले धेरैजसो १४ देखि ५० वर्षभित्रका मानिसलाई बढी प्रभावित पारेको अध्ययनहरूले देखाएका छन्। यसर्थ विश्वमा प्रत्येक चारजना एचआईभी संक्रमित मानिसमध्ये एकजना २५ वर्षमुनिका युवायुवती पर्ने गरेका छन्। यसका साथै महिला एचआईभीबाट संक्रामित हुनुमा जैविक, आर्थिक र सामाजिक स्थितिले महŒवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। विश्वमा ३१ डिसेम्बर २००० सम्म ३ करोड ६१ लाख मानिस एचआईभी÷एड्सबाट संक्रमित भएर बाँचिरहेका थिए। तीमध्ये आधा संख्या महिलाको छ।

यसमा पनि उत्पादनशील, प्रजनन उमेरका मानिस प्रभावित भएका छन्। त्यसैले अहिलेकै अवस्थामा एचआईभी÷एड्स फैलिने क्रम नरोकिने हो भने अबको १० वर्षमा ४० प्रतिशत उत्पादनशील जनशक्ति प्रभावित हुने अनुमान गरिएको छ। आगामी पाँच वर्षमा एसियाका १ करोड १० लाख नागरिक एड्सको संक्रमणमा पर्ने बताइएको छ। यसै क्रममा एचआईभी÷एड्सले विश्वव्यापी महामारीको रूप लिइसकेको छ। सन् २००४ सम्म लगभग ३० लाख मानिस एड्सले मृत्यु भइसकेका थिए। यी मानिसमा लगभग ५ लाखको संख्या बा(लबालिकाको थियो। सन् २००४ सम्म विश्वभर लगभग ४० लाख मानिसमा एचआईभी संक्रमण थियो।

छिमेकी मुलुक भारतमा काम गरिरहेका नेपाली पुरुषको संख्या २० लाखभन्दा बढी भएको अनुमान गरिएको छ। हाम्रो देशमा बढ्दो हिंसा तथा आतंकका कारणले गर्दा कामको खोजीमा भारत पस्ने नेपालीको क्रम आउँदा वर्षमा पनि बढ्दै जाने कुरामा कुनै सन्देह छैन। त्यस्ता पुरुषमध्ये धेरैजसो भारतमा एचआईभी÷एड्सबाट संक्रमित भई घरमा आएर श्रीमतीलाई सारिरहेका छन्। त्यस्तैगरी चेलीबेटी बेचबिखनमा पनि भारतको बम्बईबाट पनि एचआईभी संक्रमणको दरमा वृद्धि भएको छ। यसरी आफू एचआईभी÷एड्स भएको धेरैजसोलाई ज्ञान नभएको र ती व्यक्तिमध्ये धेरैले निःसन्देह÷निःसंकोच असुरक्षित यौन व्यवहारमा संलग्न भइरहेका अध्ययनमा संलग्न विशेषज्ञ बताउँछन्।

मुलुकमा एचआईभी÷एड्स रोग बढ्ने कारणहरू गरिबी, अशिक्षा, लैंगिक विभेद, चेलीबेटी बेचबिखन, वेश्यावृत्तिजस्ता कुरासँग सम्बन्धित हुने गरेको छ। भारतसित रहेको खुल्ला सिमाना ओसारपसार, व्यापार, शिक्षाआर्जन, नाता कुटुम्ब भेटघाट र पर्यटन आदिका कारण लाखौंको संख्यामा थप व्यक्तिहरू आवागमन गर्छन्। सहरमा युवाबीच सुईका माध्यमबाट गरिने नशालु पदार्थको सेवन गर्नेहरूको संख्या दिनानुदिन बढ्दोे छ। यसरी रक्तसञ्चार र रगत जाँचसम्बन्धी गुणस्तरगुक्त सेवाहरू राजधानीबाहेक अन्यत्र सुलभ छैन। यी तथ्यहरूले अहिले नेपालको युवा जमातमा ०.२९ प्रतिशत र १५ देखि २४ उमेर समूहका नवयुवामा ०.२६ प्रतिशतसम्म रहेको अनुमान छ।

समग्रमा भन्नुपर्दा, हामीलाई विश्व एड्स दिवसले प्रथमतः यौन स्वास्थ्य अनि प्रजजन अधिकार एवं प्रजजन स्वास्थ्यका कुराहरू खुलेर गर्न आह्वान गर्दछ। तर, हामी भने वास्तवमा यौन, यौनिकता अनि प्रजजन स्वास्थ्यसँग सम्बन्धित कुरा खुलेर गर्न चाहँदैनांै। त्यसकारण धेरै प्रकारका यौन अनि प्रजजन स्वास्थ्यका आयामहरूबाट हामी अनभिज्ञ नै छौं। विश्वमा सबैभन्दा धेरै एड्स भएका मानिस अफ्रिकामा बसोबास गर्छन्। एड्सबाट मृत्यु हुने बालबालिका पनि धेरैजसो अफ्रिकामै छन्। अतः डब्लूएचओको तथ्यांकअनुसार संसारभरमा सन् २०१५ सम्ममा ११ लाख मानिसको एड्सबाट मृत्यु भइसकेको थियो। ३ करोड ६७ लाख मानिस एड्ससँग लडिरहेका छन्। यी संक्रमित मानिसको उमेर १५ देखि ४९ वर्षको रहेको पाइन्छ।

यसैगरी, सन् २०१४ सम्ममा विश्वका १ सय २९ गरिब राष्ट्रमा १५ करोडभन्दा बढी मानिसलाई एड्सको संक्रमण देखिएको सम्बन्धित क्षेत्रले जानकारी दिएको थियो। यस्तै हाम्रो देशको सरकारले पनि एचआईभी संक्रमणका औषधिहरू निःशुल्क वितरण गर्ने गर्छ। यससम्बन्धी रक्त परीक्षण सेवाहरू पनि निःशुल्क प्रदान गरिरहेको छ। तर पनि यो सबै संक्रमितका लागि पर्याप्त छैन। साथै यसको औषधि र यसका संक्रमितलाई सेवा मात्र उपलब्ध नगरी अन्य सामान्य जनमानसमा यो रोगसम्बन्धी जनचेतना जगाउने काम पनि गर्नुपर्छ। हामी स्वयं पनि जागरुक भएर यसबारे जानकारी दिने र लिने गरी एचआईभी र एड्सविरुद्ध लडाइँमा सहभागी हुनुपर्छ। अतः एचआईभी–एड्ससम्बन्धी कार्यक्रम सञ्चालन गर्न दाताले पछिल्ला पाँच वर्षका लागि मात्रै नेपालमा ११ करोड ४७ लाख अमेरिकी डलर (रु. १० अर्ब ९ करोड) छुट्ट्याएको आँकडाहरूले देखाउँछन्।

त्यसअघि भित्रिएको रकमको लेखाजोखा छैन। अतः एचआईभी÷एड्स अति प्रभावित देशका किशोरकिशोरीलाई यौन शिक्षा, प्रचारप्रसार, टीभी, रेडियो, पत्रपत्रिका, गोष्ठी, सम्मेलन आदिबाट बारम्बार सूचना दिइरहनु पर्छ। यसको रोगथामका लागि यस्तो गर्नुपर्छ। अहिले पीडा भोगिरहेका व्यक्तिको कथाव्यथ(ालाई जनसमक्ष ल्याएको खण्डमा यस्तो घटनाहरू फेरि दोहोरिने सम्भावना कम हुने कुरामा विश्वास राख्न सकिन्छ। यसमा रहेको एचआईभी र एड्स दुईटा भिन्न कुरा हुन्। एचआईभी एउटा भाइरस हो, जसका कारणले एड्सको अवस्थामा पुर्‍याउँदछ।

तर, एचआईभीलाई अहिले संसारभरि नै एउटा रोगभन्दा पनि संक्रमणका रूपमा हेरिन्छ। हरेक एचआईभी संक्रमितहरू एड्स लागेका होइनन्। आजभोलि विभिन्न सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइने औषधिको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआईभी संक्रमित पनि अन्य सरह सहज र लामो जीवनको सुनिश्चितता कायम गर्न सकिन्छ। अतः खासगरी १५ देखि ४१ वर्षसम्मको उमेरका किशोरकिशोरीमा भएको एचआईभी÷एड्सलाई कम गर्न सकिएमा यसको सफलता पक्ष मान्न सकिन्छ। यसले गर्दा विश्वमा जुन किसिमको भयावह स्थितिलाई केही हदमा भए पनि घटाउन सकिन्छ। जसले गर्दा जनमानसमा पर्ने प्रभावलाई कम पार्न सक्ने कुरामा कसैको पनि दुईमत नहोला।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.