कर्णालीमा मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, एमाले सांसद अनुपस्थित

कर्णालीमा मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, एमाले सांसद अनुपस्थित

सुर्खेत: कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन्। गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस संसदीय दलका नेता शाहीले बुधबार विश्वासको मत लिएका हुन्। प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको हो। योसँगै उनले विश्वासको मत पाएका हुन्।

बुधबार प्रदेशसभामा भएको मत विभाजनमा मुख्यमन्त्री शाहीलाई सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले विश्वासको मत दिएका हुन्।

त्यस्तै सरकारमा सहभागी नभएको राप्रपाले पनि मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेको छ। राप्रपाका एकमात्र सांसद शोशिला शाहीले पनि पक्षमा मत दिएकी हुन्।

बुधबारको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले भने सहभागी भएन। पार्टीको महाधिवेशनमा सहभागी हुन सांसदहरु चितवन गएका कारण एमालेका सांसदहरु प्रदेशसभाको बैठकमा सहभागी भएनन्। तर मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएको र त्यो समय घर्किने अवस्था आएपछि एमालेको सहभागीता बिनै विश्वासको मत लिनुपरेको सत्तारुढ गठबन्धनले जनाएको छ।

एमालेले भने आफूहरुको महाधिवेशनबारे पूर्व जानकारी हुँदाहुँदै प्रदेश सभाको अधिवेशन सुरु गरिएकाले बैठकमा सहभागी हुन नपाएको जनाएको छ।

कर्णाली प्रदेशसभामा हाल ३५ जना सांसद छन्। मुख्यमन्त्रीले विश्वासको मत पाउन १८ सांसद भए पुग्छ। तर मुख्यमन्त्री शाहीलाई नेकपा माओवादीका १२, नेपाली कांग्रेसका ६, नेकपा एकीकृत समाजवादीका तीन र राप्रपाका एक सांसदले गरी २२ जनाले विश्वासको मत दिएका हुन्।

बैठकमा सभामुख राजबहादुर शाहीले मुख्यमन्त्रीको पक्षमा २२ मत परेको र यो संख्या प्रदेशसभाको बहुमत भएकाले मुख्यमन्त्री शाहीले विश्वासको मत पाएको घोषणा गरे। बुधबारको संसद बैठकमा २२ जना सांसद मात्रै उपस्थित थिए।

एमालेका १२ जना सांसद भने पार्टीको महाधिवेशनमा सहभागी हुन् चितवन पुगेका कारण संसद बैठकमा सहभागी हुन् पाएनन्।

कांग्रेससँगको पूर्वसहमति अनुसार यसअघि गत कात्तिक १५ गते तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएर कांग्रेसलाई सत्ताको नेतृत्व हस्तान्तरण गरेका थिए। त्यसपछि मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले बुधबार विश्वासको मत लिएका हुन्।

कर्णालीमा सत्तारुढ गठबन्धनबीच मन्त्रालयको भागबण्डामा सहमति जुट्न सकेको छैन। मुख्यमन्त्रीले विश्वासको मत पाएसँगै अब सरकारले पनि पूर्णता पाउने गठबन्धनको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.