महाधिवेशनले मतमात्रै नभएर मन पनि मिलायो : योगेश भट्टराई

महाधिवेशनले मतमात्रै नभएर मन पनि मिलायो : योगेश भट्टराई

काठमाडौं: नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवनमा सम्पन्न १०औं महाधिवेशनले पार्टीमा मत मात्रै नभएर मन पनि मिलाएको बताएका छन्। बिहीबार काठमाडौंमा नेकपा एमाले ताप्लेजुङले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा सहमती खोज्दै मन मिलाउन सक्नु नै ठूलो उपलब्धि भएको बताए।

‘यो महाधिवेशन ऐतिहासिक रह्यो, महाधिवेशनलाई एकता महाधिवेशनभन्दा पनि फरक पर्दैन किनकि यहाँ मतमात्रै नभएर कम्युनिष्ट विचार बोकेकाहरूको मन पनि मिलाइएको छ,’ उनले भने। अहिले पनि कम्यूनिष्ट पार्टी र कम्यूनिष्ट आन्दोलनहरू सानातिना समूहमा विभाजित रहेको उल्लेख गर्दै अब जनताले नै संविधान बनाएको र यसमा सबैले सहमति जनाएकाले सबै कम्युनिष्टहरू एक हुनुको विकल्प नरहेको बताए। 

‘सबै दलको सहमतिमा संविधान बनेको छ, धेरै कम्युनिष्ट आन्दोलन भए अब आन्दोलन गर्ने समय सकिएकाले समाज रुपान्तरणका लागि कम्युनिष्टहरू एक हुनुपर्छ,' उनले भने। भट्टराईले कम्यूनिष्टमा सबैभन्दा ठूलो र इतिहास बोकेको पार्टी एमाले भएकाले सबै तितर बितर भएका पार्टी एमालेमा समाहित हुनुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.