विश्व अपाङ्गता दिवसको अवसरमा प्रभातफेरी (तस्बिर)
विराटनगर : अपाङ्गता भएका व्यक्तिहरूको ३०औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रदेश १ को राजधानी विराटनगरमा प्रभातफेरी निकालिएको छ। शुक्रबार बिहान निकालिएको फेरीमा प्रदेश १ का सामाजिक विकासमन्त्री जायराम यादवसमेत सहभागी भएका थिए।
सो अवसरमा मन्त्री यादवले अपाङ्गता भएका व्यक्तिको संरक्षणमा प्रदेश १ सरकार कटिबद्ध रहेको बताए। ‘प्रदेश सरकारको प्राथमिकता नै अपाङ्गता भएकाको अधिकार स्थापित गर्ने हो’, उनले भने, ‘अपाङ्गता भएका व्यक्तिको पनि राज्यका विभिन्न अङ्गमा समानुपातिक सहभागिता गराउनुपर्छ।’
अपाङ्गता भएकारूको अधिकार सुनिश्चितताका लागि माग गर्दै प्रभातफेरी सम्पन्न भएको हो। खासगरी विश्वभर कोरोना कालपछि नेतृत्व तथा सहभागितामा समानुपातिक प्रतिनिधित्वको कुरा उठाइएको हो।