तस्बिरमा हेर्नुहोस् कांग्रेसको सुदूरपश्चिम अधिवेशन

तस्बिरमा हेर्नुहोस् कांग्रेसको सुदूरपश्चिम अधिवेशन

धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको अधिवेशनमा पनि संस्थापन पक्ष र पौडेल पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ। दुई दिनदेखिको छलफलमा सहमति जुटन नसकेपछि संस्थापन पक्षबाट डोटीबाट नेपाली कांग्रेसका नेता बीरबहादुर बलायर र इतर पक्षबाट कैलालीका नारायणदत्त मिश्रले मनोनयन दर्ता गरेका छन्।

बिहीबार प्रदेश अधिवेशनको उद्घाटन गरिएको थियो। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट सात वटै प्रदेशको बिहीबार उद्घाटन गरेका थिए। 

त्यसपछि दुबै पक्षले डोटीका बीरबहादुर बलायरलाई सर्वसम्मत प्रदेश सभापति बनाउनुपर्ने भन्दै छलफल चलाएका थिए। ‘तर त्यसमा सहमति हुन सकेन, कैलालीका नर नारायण शाह (मनु) ले सभापतिमा उमेद्वारी नदिए अरु कसैलाई पनि स्वीकार गरिंदैन भन्दै मिश्रले अडान लिएपछि सहमति हुन नसकेको हो’, एकजना महाधिवेशन प्रतिनिधिले भने।

निर्वाचन तालिका अनुसार शुक्रबार दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयनको समया तोकिए पनि त्यो समय ५ बजेसम्मका लागि बढाइएको छ। अहिलेसम्म बलायर र मिश्रले मात्रै मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ। 

यसअघि संस्थापन पक्षबाटै कैलालीका नरनारायण शाह (मनु), बझाङका अर्जुन जंगबहादुर सिह, डडेल्धुराका गोविन्द बोहरा, अछामका गोविन्दबहादुर शाह, बझाङका अर्जुनजंगबहादुर सिंह, कैलालीकै हिमबहादुर रावल र पुष्प शाहीले सभापति पदमा दाबी गर्दै आएका थिए। 

बलायरले सभापति भए नरनारायण शाह (मनु) महामन्त्रीमा बस्ने सल्लाह भएको स्रोतले जनाएको छ। संस्थापन इतर पक्षले दुईजना मध्ये एउटा उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री माग गरेपछि सहमति हुन नसकेको स्रोतले जनाएको छ। 

सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच बिहीबारदेखि नै छलफल भइरहेको थियो। तर भागवण्डामा कुरा नमिलेको भन्दै संस्थापन इतर पक्षले उम्मेदवारको सूची सार्वजनिक गरेपछि देउवा पक्ष पनि चुनावमा होमिएको बताइएको छ।

यस्तै संस्थापन इतर पक्षबाट उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्टले मनोनयन दर्ता गराएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.