सडक बन्यो, पुल बाँकी

सडक बन्यो, पुल बाँकी

चितवन : स्तरोन्नति हुनुअघि नारायणगढ–मुग्लिनको ३६ किलोमिटर दूरी पार गर्न एक घण्टाभन्दा बढी समय लाग्थ्यो। अहिले यो दूरी ३५ मिनेटमै पार गर्न सकिन्छ। पहिले साँघुरो सडकमा दुर्घटनाको पनि उत्तिकै जोखिम हुन्थ्यो। तर, अहिले सहज बनेको छ। 

दुइटा गाडी पार गर्न मुस्किल हुने बाटो अहिले दुई लेनको बनाइएको छ। भौगोलिक अवस्थाअनुसार साढे पाँचदेखि ६ मिटरको मात्रै बाटो नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ। आँपटारीदेखि १६ किलोसम्म ११ मिटर चौडाइ छ। त्यसदेखि मुग्लिनसम्म नौ मिटर छ। पहिले र अहिलेको सडकको अवस्था देखेर नवलपुरस्थित प्रगतिनगरका सवारीचालक हरि रानाभाट दंग छन्। ‘कुनै बेला ज्यानको माया मारेर हिँडेको हो। बाटो पनि साँघुरो थियो। धेरै समय लाग्थ्यो’, उनी भन्छन्, ‘अहिलेको बाटोमा हिँड्दा पहिलाको दिन सपनाजस्तै लाग्छ। ढुक्कसँग गाडी चलाउन पाइएको छ।’

एसियाली राजमार्गको मापदण्ड अनुरूप दुई लेन सडक बनेको छ। स्तरोन्नतिपछि यस खण्डको दूरी पनि घटेको छ। नारायणगढको पुल्चोक–मुग्लिनसम्मको दूरी ३६ किलोमिटर छ। आँपटारीबाट करिब ३२ किलोमिटर स्तरोन्नति गरिएको छ। कुनै समय दुई दिनसम्म पहिरोले बाटो अवरुद्ध हुन्थ्यो। सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर शिव खनाल भन्छन्, ‘पहिले दोहोरो गाडी चल्नै गाह्रो  थियो। अहिले सहज रूपमा वारपार गर्छन्,’ खनालले भने, ‘पहिलेको दिन सम्झँदा पनि कहाली लाग्छ।’  

सडक स्तरोन्नतिसँगै पुल पनि बनाइँदैछ। नयाँ बनेको पुल, कल्भट र घुम्ती सुधार गर्दा सडकको दूरी ४ सय २० मिटर घटेको छ। जलवीरेमा बनेको पुलले मात्रै २ सय ६५ मिटर दूरी घटाएको छ। यो सडक खण्डका १८ वटा पुराना पुलका स्थानमा नयाँ पुल बनाइँदै छ। चारवटा पुल भने पहिल्यै बनिसकेको छ। जलवीरे, खानी, दासढुंगा र मौरीको पुल पहिले नै बनेको हो। थप आठवटा पुल पनि सम्पन्न हुन लागेको छ। खहरे, जुगेडी, खोर पुल, लामो बालुवा, भोर्ले, डुम्रे, रिग्दी खोलामा पुल बनिरहेको छ। सेती दोभानमा भने नयाँ पुल बनाइएको छ। यसले पनि केही दूरी घटाउने बताइएको छ। 

नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन परियोजना (एनआईआरटीटीपी)अन्तर्गत एसियाली राजमार्गको मापदण्डअनुरूप दुईलेन सडक स्तरोन्नति भएको हो। विश्व बैंकको करिब ३ अर्ब ९० करोड सहयोगमा सडक निर्माण भएको हो। भूकम्प र नाकाबन्दीका कारण तोकिएको समयभन्दा झन्डै १५ महिना ढिलो गरी सडक सम्पन्न भएको हो। 

विश्व बैंकसँग गरिएको ३९ मिललियन डलर ऋण सम्झौतामध्ये बाटोका लागि मात्रै २ अर्ब ९० करोडमा ठेक्का सम्झौता गरिएको थियोे। २०३६ सालमा चीन सरकारको सहयोगमा यस सडकको नाममा निर्माण गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.