सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायरसहित प्यानल विजयी

सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायरसहित प्यानल विजयी

धनगढी : नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका वीरबहादुर बलायरको प्यानल नै विजयी भएको छ। आइतबार बिहान पदाधिकारीको मतगणना सकिएको हो । प्रदेश अभिवेशनमा कुल १ हजार ३ मत खसेकोमा बलायरले ६८८ मत ल्याउन सफल भए। रामचन्द्र पौडेल पक्षबाट बलायरसँग भिडेका नारायणदत्त मिश्रले भने २८० मत ल्याए ।

यस्तै, २ जना उपाध्यक्षमा पनि संस्थापन पक्षका जनकराज चौधरी र लोकराज अवस्थी पनि विजयी भएका छन् । चौधरीले ६१० मत र अवस्थीले ५२३ मत ल्याए । संस्थापन पक्षबाटै चुनाव लडेका हिमबहादुर रावलले १२१ मत ल्याए । उनले उमेदवारी फिर्ता लिने सहमति भएपनि ढिला भएकाले फिर्ता लिन पाएका थिएनन् ।

पौडेल पक्षबाट चुनाव लडेका गोपाल गुरुङ २८१ मत र मनबहादुर रावलले २६३ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । २ जना महामन्त्री पदमा  पनि संस्थापन पक्षका नरनारायण शाह (मनु) र मघराज खडका विजयी भएका छन् ।

शाहले ६४८ मत र खडकाले ६३५ मत ल्याए । संस्थापन इतरका प्रताप गुर्धामीले २१४ मत र रामबहादुर शाहीले ३०३ मत प्राप्त गरे । दुईजना सह महामन्त्रीका लागि भएको निर्वाचनमा पनि संस्थापन पक्षका गोपाल दत्त भट्ट र चिन्तामणी भट्ट निर्वाचित भएका छन ।

गोपालले ५२९ मत र चिन्तामणीले ५३३ मत ल्याए । संस्थापन इतर पक्षबाट चुनाव लडेका नरेन्द्रप्रसाद भट्ट २१२, पदमराज पन्त २५५, लक्ष्मणबहादुर शाहीले १६४ मत र हर्कबहादुर स्वारले ८६ मत प्राप्त गरे । सह महामन्त्री (महिला) मा अम्बिका चलाउने ६८६ मतका साथ विजयी भएकी छन् । उनीसँगै संस्थापन इतर पक्षबाट चुनाव लडेकी खिना भण्डारी (कुवर)ले २३२ मत प्राप्त गरिन् ।

खुला, खसआर्य, महिला, दलित, मुस्लीम सहित विभिन्न क्षेत्रबाट ५१ जना प्रदेश सदस्यका लागि १२२ जनाको उमेदवारी परेको थियो । सदस्यको मतगणना भने अझै सकिएको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.