भुपेन्द्र हत्या प्रकरण : पीडितद्वारा जिल्ला अदालत अगाडि प्रदर्शन

भुपेन्द्र हत्या प्रकरण : पीडितद्वारा जिल्ला अदालत अगाडि प्रदर्शन

धनगढी : कैलालीका भुपेन्द्र बडुवाल हत्याका आरोपीहरुलाई कानुनी कारवाहीको माग गर्दै आफन्तले मंगलबार जिल्ला अदालत कैलालीको गेटमा प्रदर्शन गरेका छन्। धनगढीबाट झण्डै एक सय किलोमिटर टाढा रहेको लम्कीबाट आएका आफन्तले हत्या आरोपमा पक्राउ परेकालाई धरौटीमा छोड्ने सुनिएकाले, अदालतलाई दवाव दिन प्रदर्शन गरेको बताए। 

कार्तिक २३ गते राती लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २१ वर्षका भुपेन्द्र बडुवालको टीकापुर नगरपालिका १ स्थित शिद्धार्थ होटल नजिकै एक समुहले खुकुरी प्रहार गरी हत्या गरेको थियो। भुपेन्द्रको हत्यामा संगठित अपराधमा संलग्न २१ जनाविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्धा चलाएको छ। यद्यपि हत्याका मुख्य योजनाकार भने पक्राउ परेका छैनन्। 

तर प्रहरीले खुकुरी प्रहार गर्ने, योजना बनाउनमा सघाउने, योजनाकारहरुलाई गाडीको ब्यवस्था गरेर भारत पठाउने गरी १२ जनालाई भने पक्राउ गरेको छ। ‘पक्राउ परेका १२ जनामध्ये पनि धेरैलाई अदालतले धरौटीमा छोड्ने भन्ने सुनियो, त्यसैले अदालतलाई दवाव दिन प्रदर्शन गरेका हौं। हामीले न्याय पाउनुपर्छ, अपराधीले कानुनी सजाय पाउनुपर्छ’, भुपेन्द्रकी ठूली आमा दुर्गा बडुवालले भनिन्।

प्लेकार्डसहित धनगढीको एलएनचोकबाट निकालिएको र्‍याली, कैलाली जिल्ला अदालतको गेटसम्म गएर नाराबाजी गर्दै फर्किएको थियो। ‘फरार ९ जना अझै पक्राउ परेका छैनन्, अझ पक्राउ परेकालाई पनि घुस खाएर छोड्ने तयारी भयरहेको भन्ने सुनिन आएको छ। अदालतका न्यायाधीशहरुलाई खबरदारी गर्न आएका हौं। कसैलाई पनि धरौटीमा छोडिए त्यसपछि आन्दोलन कडा रुपमा जान्छ’, भुपेन्द्रकी काकी मञ्जु बडुवालले भनिन्।

संगठित अपराधमा संलग्न रहेका लम्की चुहाका नविन रावल, अशोक रावल, लोकजंग शाही सहितको योजनामा रोहित आले, आर्यन देवकोटा, चिरिञ्जीवि शाही र रोशन शाहीले भुपेन्द्रको हत्या गरेको प्रहरीको दाबी छ। 

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा लम्कीचुहा नगरपालिका –३ चिसापानी बस्ने वर्ष २३ को महेश रावल, सोही ठाउँका वर्ष २० का धिरज भन्ने दिपेन्द्र शाही, २० वर्षका आर्यन देवकोटा, वर्ष १९ का मदन शाही, वडा नम्बर १ बस्ने वर्ष २२ को कपिल श्रेष्ठ, सोही ठाउँका वर्ष १८ को दिपक गोलु भन्ने निशान्त मल्ललाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ। 

यस्तै लम्कीचुहा नगरपालिका वडा नं. ५ बस्ने वर्ष २८ को विकास खड्का, टीकापुर नगरपालिका १ बस्ने वर्ष २३ को प्रवीण रिमाल, जिल्ला बर्दिया राजापुर नगरपालिका ७ घर भइ टीकापुर नगरपालिका १ ब्लक नं. २५ बस्ने वर्ष २१ को रोहित आले, टीकापुर नगरपालिका ब्लक नं. १४ बस्ने वर्ष २५ को सोहन शाह, कैलालीको बर्दगोरिया गाउँपालिका २ झगढपुर बस्ने वर्ष २५ को लोकेन्द्र कुँवर, बर्दिया ठाकुरबाबा नगरपालिका ३ गोदाना बस्ने वर्ष २६ को सन्तोष भन्ने सविन जंग शाही सहितका १२ जनालाई पक्राउ गरेको छ। 

आफन्तहरुले, अदालतले धरौटीमा छोडेमा कडा आन्दोलनको चेतावनी दिएका छन्। प्रहरीले पक्राउ परेका १२ जना र फरार थप ९ जनाविरुद्ध मुद्धा दर्ता गरेर अदालतमा पेस गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.