कांग्रेस महाधिवेशनमा २१ देशका पाहुना सहभागी हुने

कांग्रेस महाधिवेशनमा २१ देशका पाहुना सहभागी हुने

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहभागी हुन २१ देशबाट पाहुना आउने भएका छन्। काठमाडौं जिल्ला कार्यसमितिका सचिव गोविन्द पुडासैनीले २१ देशका अतिथि महाधिवेशनमा सहभागी हुने बताए।

'अहिलेसम्म २१ देशका पाहुनाहरु महाधिवेशनमा सहभागी हुने तय भएको छ। यो संख्या थपघट हुनसक्छ,' उनले भने।

मंसिर २४ गतेदेखि २७ गतेसम्म चल्ने महाधिवेशनका लागि काठमाडौंको भृकुटिमण्डमा मञ्च निर्माण भइरहेको छ। थ्रीडी मञ्चमा २५० जनासम्म अट्ने आयोजकले बताएको छ।

४० लाखमा निर्माण हुने मञ्चमा प्रमुख अतिथिदेखि कलाकारसम्मले आतिथ्य ग्रहण गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.