गोदाममै थन्कियो चामल

गोदाममै थन्कियो चामल

सुर्खेत : कर्णालीका हिमाली जिल्लामा खाद्यान्न अभाव हुन थालेको छ। दुर्गमका लागि भनिएका चामल सुर्खेत, नेपालगन्ज र धनगढीका गोदाममै थन्किएका छन्। सरकारले अनुदानमा ढुवानी गर्दै आएको चामल ती क्षेत्रमा नपुग्दा स्थानीयलाई खाद्यान्न अभाव हुन थालेको छ।

खाद्य तथा व्यापार कम्पनीले हुम्लाका लागि छुट्याएको करिब २० हजार क्वीन्टल चामल ढुवानी नहुँदा गोदाममै थन्किएको छ। यो वर्ष हुम्लामा मात्रै २० क्वीन्टलभन्दा बढी चामल ढुवानी गर्नुपर्ने छ। तर, चालू आर्थिक वर्षको चार महिना पुगिसक्दा पनि त्यहाँ खाद्यान्न ढुवानी हुन सकेको छैन। 

खाद्यान्न ढुवानीमा लापरबाही हुँदा हुम्ला पुर्‍याउनुपर्ने १९ हजार ९ सय ५० क्वीन्टल चालम सुर्खेत, नेपालगन्ज र धनगढीमै थन्किएको हो। यो वर्ष नेपालगन्जबाट हुम्लामा हवाईमार्गबाट ४ हजार, स्थलमार्गबाट ७ सय र बिक्री केन्द्र खार्पुनाथमा ५ सय क्वीन्टल चामल ढुवानी गर्नुपर्ने छ। तर, नेपालगन्जबाट हुम्ला पुग्नुपर्ने चामल नै ढुवानी भएको छैन। यस्तै, सुर्खेतबाट हुम्ला शाखामा हवाईमार्गबाट ६ हजार क्वीन्टल र स्थलमार्गबाट ७ सय, सर्केगाड डिपोमा १ हजार, बालुवा डिपोमा १ हजार, देउली बिक्री केन्द्रमा ५ सय र छप्रेला बिक्री केन्द्रमा १ हजार क्वीन्टल चामल ढुवानी गर्नुपर्ने छ। तर, सुर्खेतबाट हालसम्म जम्मा ५ सय ५० क्वीन्टल खाद्यान्न मात्रै ढुवानी भएको छ। 

बाजुराको कोल्टीबाट श्रीनगर डिपोमा ७ सय, धनगढीबाट श्रीनगर डिपोमा ७ सय, बाजुराको मार्तडीबाट श्रीनगर डिपोमा ५ सय गरी कुल २० हजार ५ सय क्वीन्टल खाद्यान्न ढुवानी गर्नुपर्ने छ। तर, चालू आवको चार महिनामा सुर्खेतबाट ५ सय ५० क्वीन्टल चामल मात्रै ढुवानी भएको छ। जसमध्ये हुम्ला शाखामा १ सय ५० क्वीन्टल र श्रीनगर डिपोमा चार सय क्वीन्टल चामल मात्र पुगेको छ। बाँकी चामल भने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका विभिन्न गोदाममा थन्किएको छ। 

हुम्लामा मात्रै होइन, कर्णालीका अन्य जिल्लामा पनि चामल ढुवानी हुन सकेको छैन। साबिक कर्णालीका पाँच जिल्लामा बर्सेनि ४० देखि ५० हजार क्वीन्टल चामल आवश्यक पर्छ। ती जिल्लामा खाद्यान्न संकट हुन नदिन सुर्खेतसहित, नेपालगन्ज, दाङ र धनगढीलगायतका स्थानबाट चामल पुर्‍याइन्छ। तर, कहिल्यै पनि समयमा खाद्यान्न ढुवानी हुँदैन। ढुवानीको जिम्मा लिएका ठेकेदार कम्पनीले नै समयमै खाद्यान्न ढुवानी गर्दैनन्। समयमै चामल ढुवानी नहुँदा खाद्यान्नका गोदामहरू रित्तिन थालेका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतका अनुसार सुर्खेतबाहेक कर्णालीका कुनै पनि जिल्लामा पर्याप्त खाद्यान्न छैन। डोल्पामा चारसय क्वीन्टल, मुगुमा ३ सय १३ क्वीन्टल, मुगुकै श्रीकोटमा चार सय ८५ क्वीन्टल, सोरुकोटमा एक सय क्वीन्टल र डोल्पाको साल्दाङमा एक सय ७० क्वीन्टल मात्र चामल स्टक छ। 

त्यस्तै, जुम्लामा ९ सय ८७ क्वीन्टल, जाजरकोटमा १ हजार ७ सय १२ क्वीन्टल, दैलेखमा ६ सय ६५ क्वीन्टल र कालीकोटमा ७ सय २३ क्वीन्टल चामल मौज्दात छ। खाद्यान्नको चरम संकट पर्ने जिल्लाका गोदामहरू रित्तिदै जाँदा सुर्खेतका गोदाममा हाल ११ हजार क्वीन्टल चामल रहेको कार्यालयका सूचना अधिकारी वासुदेव रिजालले बताए। ‘हवाई सेवा प्रभावकारी नहुँदा चामल ढुवानी हुन नसकेको हो,’ सूचना अधिकारी रिजालले भने, ‘ढुवानीका लागि ताकेता गरिरहेका छौं। तर, ठेकेदारले सम्झौता तोडिदिँदा ढुवानीमा समस्या भएको हो।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.