ओली, प्रचण्ड र नेपाल ११ महिनापछि एउटै मञ्चमा

ओली, प्रचण्ड र नेपाल ११ महिनापछि एउटै मञ्चमा

काठमाडौं: एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको १४‌औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका छन्। उनी भृकुटीमण्डपस्थित मञ्चमा सहभागी भएका हुन्।

योसँगै एमाले अध्यक्ष ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एकसाथ देखिएका छन्। सम्भवतः ११ महिनापछि यी ती नेता एउटै मञ्चमा देखिएका हुन्।

गत २०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा देखिएका थिएनन्।

यसअघि चितवनमा भएको नेकपा एमालेको १०औं महाधिवेशनमा नेपाल र प्रचण्ड सहभागी भएनन्। प्रचण्डलाई निम्तो दिए पनि उनी आफू नगएर उपाध्यक्ष लिलामणि पोख्रेललाई पठाएका थिए।

नेपाललाई भने ओलीले निम्तो नै दिएनन्। यसअघि कांग्रेस सभापति देउवा मंसिर दोस्रो साता चितवनमा भएको एमालेको महाधिवेशनमा सहभागी भए। पार्टी विभाजनपछि एकअर्कालाई आरोप-प्रत्यारोप लगाउँदै आएका यी तीन शीर्ष नेताहरु यसअघि एउटै मञ्चमा देखिएका थिएनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.