माओवादी केन्द्र गण्डकी अध्यक्षमा गायत्री गुरुङ

माओवादी केन्द्र गण्डकी अध्यक्षमा गायत्री गुरुङ

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनले गायत्री गुरुङ कुसुमलाई अध्यक्ष चयन गरेको छ । २५ मंसिरमा सुरु अधिवेशनले सोमबार उनलाई उक्त पदमा सर्वसम्मत चुनेको हो ।

अरु पदाधिकारीहरु भने समितिको पहिलो बैठकले चयन गर्ने भएको छ । २०१ जनाको समिति सर्वसम्मत नै चयन भइसकेको छ । तिनैमध्येबाट अरु पदाधिकारी चयन हुने भएका छन् ।  गण्डकी प्रदेश सभामा माओवादी केन्द्रकी प्रमुख सचेतक अध्यक्ष गुरुङ अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय सचिव पनि हुन् । २०४८ सालदेखि राजनीतिमा लागेकी उनी जनयुद्धको सुरुआतदेखि नै भूमिगत हुँदै सशस्त्र संघर्षमा होमिएकी थिइन् ।

उनी कास्कीबाट प्रदेश सभा सदस्यका लागि माओवादीबाट सांसद बनेकी हुन् । यसअघि माओवादी केन्द्रले कास्कीका पालिकाहरुमा समिति गठन गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.