तीन स्थानबाट सुरु भयो मतगणना
काठमाडौं: नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतदानको गणना सुरु भएको छ। राष्ट्रिय सभा गृहका तीन स्थानमा मतगणना गर्न लागिएको निर्वाचन समितिले जनाएको छ। दोस्रो चरणअन्तर्गत ४ हजार ५६२ मत खसेको छ। यसअघि पहिलो चरणमा ४ हजार ६७९ मत खसेको थियो। आज सम्पन्न मतदानमा सयभन्दा बढी मतदाता गयल भएका थिए।
दोस्रो चरणको निर्वाचनमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ।
प्रतिक्रिया दिनुहोस !