देउवाको अग्रता ६३७ मतले बढी
काठमाडौं: नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणमा भएको मतदानको गणना सुरु भएको छ। जारी मतगणनामा हालसम्म दुई हजार ९६३ को मतपरिणाम सार्वजनिक भएको छ।
मत परिणामअनुसार सभापतिका आकांक्षी शेरबहादुर देउवाले अग्रता लिएको छ। देउवाले १७८८ मत ल्याउँदा अर्का आकांक्षी शेखर कोइरालाले ११५१ मत ल्याएका छन्। मतान्तर ६३७ रहेको छ। २४ मत बदर भएको छ।
दोस्रो चरणमा खसेको कूल मतसंख्याका आधारमा अब कांग्रेस सभापतिमा निर्वाचन हुन २२८२ मत चाहिने भएको छ। दोस्रो चरणमा ४ हजार ५६२ मत खसेको थियो।
प्रतिक्रिया दिनुहोस !