संसद अवरुद्ध गरेर एमालेले लोकतन्त्रलाई प्रहार गर्यो : श्रेष्ठ
काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेले संसद अवरुद्ध गरेर लोकतन्त्रलाई लज्जास्पद रुपमा प्रहार गरेको बताएका छन्। बुधबार बिहान बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले संसद सुचारु गर्न अपील गरेका हुन्। उनले अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठ भएको टिप्पणी गरेका छन्।
‘नेकपा (एमाले )ले संघीय संसदको बैठक लगातार अवरुद्ध गरिरहेर लोकतन्त्रलाई लज्जास्पद रुपमा प्रहार गरिरहेको छ।’उनले भने, ‘अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठ हो यो। लोकतान्त्रिक मान्यतालाई आत्मासात गर्दै संसद सुचारु गर्न नेकपा( एमाले) लाई गंभीर अपील गर्दछु ।’
संघीय संसद् अधिवेशनको पहिलो दिन नै विपक्षी एमालेले अवरोध गरेको छ। सभामुख अग्नि सापकोटाको भूमिका माथि प्रश्न उठाउँदै अघिल्लो अधिवेशनदेखि नै अवरोध गरिरहेको एमालेले त्यसलाई निरन्तरता दिएको हो। पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेसम्म अवरोध जारी राख्ने अडान एमालेको छ। सभामुखले पार्टी विभाजनमा भूमिका खेलेको आरोप एमालेको छ। एमालेको अवरोधबीच सभामुख सापकोटाले संसद् बैठक सञ्चालन गरेका थिए।
प्रतिक्रिया दिनुहोस !