'कुन चाहिँ सेयर कारोबारीले चन्दा दिएन होला, ध्वस्त बनाइदिन्छु भनेछन् '

'कुन चाहिँ सेयर कारोबारीले चन्दा दिएन होला, ध्वस्त बनाइदिन्छु भनेछन् '

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सेयर बजारका सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले दिएको अभिव्यक्तिको खुलेरै आलोचना गरेका छन् । ओलीले एमालेका मनोनीत केन्द्रीय सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा प्रचण्डको अभिव्यक्तिको आलोचना गरेका हुन् । उनले भने, ‘अर्थतन्त्र केहि पनि मतलब छैन । कुन सेयर कारोबारीले चन्दा दिएन होला, त्यसो भएपछि लौजा भनेर ठोकिदिए उनले । चन्दा नदिने ध्वस्त बनाइदिन्छु भनेर भने । नरहे बाँस नबजे बाँसुरी । यदि हामीले त्यसो गर्थ्यौं भने सडक तात्थ्यो ।’

'प्रचण्डले सेयर बजारको सम्बन्धमा बडा क्रान्तिकारी कुरा साम्राज्यवाद विकसित भयो भने सेयर बजार हुन्छ भनेछन् । साम्राज्यवादको विकसितरुप चाहिं लेनिनले भन्दा पनि अलिकति बढ्ता जान्ने भएछन्,'उनले भने।

'पुजीवाद विकसित भएर साम्राज्यवाद हुन्छ भनेर लेनिनले भन्या थीए,' उनले भने, ‘त्योभन्दा माथि गएर साम्राज्यवाद विकसित भएपछि सेयर पुँजीमा जान्छ भनेर प्रचण्डले नयाँ थेसिस ठोकिदिए।' उनले प्रचण्डकै अभिव्यक्तिले दुई दिनमा सेयर बजार धरासायी भएको बताए।  

 
के भनेका थिए प्रचण्डले ?

पहिला–पहिला पुँजीको लगानी उद्योगमा हुन्थ्यो । उत्पादनमा लगानी हुन्थ्यो । र, त्यहाँबाट आउने नाफाचाहिँ पुँजीपतिहरूले लिन्थे । आजभोलि पुँजीको लगानी उत्पादनमा हुँदैन। मुख्य रूपमा पुँजीको लगानी पुँजीमै हुन्छ ।

पुँजीको लगानी पुँजीमा हुने वित्तीय एकाधिकार पुँजीवादको मुख्य विशेषता त्यो भएर देखाप¥यो । अहिले तपाईं हेर्नुभयो भने धितोपत्र बोर्ड, सट्टा बजार, आईएमएफ, वल्र्ड बैंक, एसियाली बैंक यी तपाईं हामीले हेर्दा खेरी त बैंक हुन् पैसा यताउता गर्छन् भन्ने हुन्छ । होइन त्यति सजिलो । यो साम्राज्यवादका विकसित रूपहरू हुन् । यो वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाउने, त्यसलाई अगाडि बढाउने र नाफा सोहोरेर संसारका केही सीमित पुँजीपतिहरूको हातमा संसारकै धन एकगठा गर्ने र अत्यधिक धेरै ८० प्रतिशत जनसंख्यालाई भोको नांगो राख्ने प्रणाली हो यो। सिधै पुँजीबाट पुँजी लिने । पुँजीको लगानी अब उत्पादनमा हुँदैन, सट्टाबजारमा हुन्छ । धितोपत्रमा हुन्छ । बैंकहरूले पुँजीचाहिँ सिधै घरजग्गा किनबेचमा लगाउँछन् । घरजग्गा किनबेचबाट सिधै पैसा आउने भयो नि ! करोडौं, अर्बौं थुप्रिने भयो। विश्वभरि नै यस्तोमा पुँजी लगानी हुन थाल्यो। त्यसो गर्दा मजदुरहरूचाहिँ कटौती हुँदै जान थाल्यो । यसको विश्लेषण गरेर योसँग लड्ने तरिका खोज्नु छ हामीले ।

(माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले शनिबार पार्टी संगठनको सम्मेलन उद्घाटनमा व्यक्त गरेको अभिव्यक्तिको अंश)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.