गगनलाई पछ्याउँदै विश्वप्रकाश, तेस्रोमा प्रदिप
काठमाडौं : नेपाली कांग्रेसको महामन्त्री पदको मतगणनामा ९ सय मत गनिसक्दा गगन थापाले ५५९ मत प्राप्त गरेका छन्। दोस्रोमा विश्वप्रकाश शर्माले ३५७ मत ल्याएका छन्। यस्तै प्रदिप पौडेलले ३००, मिनेन्द्र रिजालले १६३, प्रकाशशरण महतले २९७ मत प्राप्त गरेका छन्। अर्का महामन्त्रीका प्रत्यासी राजाराम कार्कीले भने ३१ मत प्राप्त हाम्रा सहकर्मी राधा खनालले बताइन्।
गगनले भने सुरुवाती अग्रता लिएका छन्। मतगणना जारी छ।महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार छन्। शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल छन् भने प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा प्रतिष्पर्धा छन्। डा. राजाराम कार्कीले महामन्त्रीमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
कांग्रेस विधानमा महाधिवेशनबाट दुईजना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। कांग्रेसको १४ महाधिवेशनम महामन्त्रीमा ६ जनाले उम्मेदवारी दिएका हुन्।
प्रतिक्रिया दिनुहोस !