पौडेलले गुरुङलाई बधाइ दिँदै भने- गुटबन्दीबाट मुक्त पार्टी बनाउनुहोस्
काठमाडौं : नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल भेट्न उनको निवास बोहोराटार पुगेका छन् । निर्वाचित भएपछि गुरुङ पौडेललाई भेट्न बोहोराटार पुगेका हुन् ।
पौडेलले गुरुङलाई बधाइ दिँदै पार्टीलाई एकतावद्ध बनाउने र विधिसम्मत चलाउन सुझाव दिए । उनले आफू पनि पार्टीलाई एकतावद्ध बनाएर आम चुनावमा विपक्षसँगको प्रतिष्पर्धामा अब्बल बनाउन लाग्ने बताए ।
उनले उपसभापति गुरुङसँग आफू र निवर्तमान महामन्त्री डा.शशांक कोइरालाले पार्टीलाई एकतावद्ध बनाउने र पार्टीभित्र सदभाव कायम गरी अभियान थालिसकेको पनि जानकारी गराएका थिए ।
उपसभापति गुरुङले पार्टीलाई गुटबन्दीबाट मुक्त बनाउने अभियानमा लाग्ने बचन दिएका थिए।
प्रतिक्रिया दिनुहोस !