परिणाम अपेक्षाअनुरुप नआए पनि स्वीकार्छु : प्रकाशशरण महत

परिणाम अपेक्षाअनुरुप नआए पनि स्वीकार्छु : प्रकाशशरण महत

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्रीमा पराजित भएका प्रकाशशरण महतले परिणाम अपेक्षाअनुरुप नभए पनि सहर्ष स्वीकार्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत् उनले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘यद्यपि परिणाम मैले अपेक्षा गरेअनुरुप आएन। तर मतदाता साथीहरुको निर्णयलाई सहर्ष स्वीकार गर्दै निर्वाचित साथीहरुलाई बधाइ र कार्यकालको सफलताको कामना गर्दछु। साथै मलाई विश्वास गरी मतदान गर्ने सम्पूर्ण साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु। आगामी दिनहरुमा पनि कत्ति विचलित नभई पार्टी, देश र जनताको पक्षमा काम गरिरहने छु,’ उनले लेखेका छन्। महत शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.