बैंकको नाफा वृद्धिमा संकुचन

बैंकको नाफा वृद्धिमा संकुचन

काठमाडौं : चालू आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरूको नाफा वृद्धि घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा भन्दा नाफा आधाले घटेको नेपाल राष्ट्र बैंकको चौमासिक प्रतिवेदनले देखाएको छ।

२७ वाणिज्य बैंकको नाफा वृद्धिदर समग्रमा ५१.१८ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ। गत वर्षको कात्तिकसम्म ४८ अर्ब १९ करोड ७ लाख रुपैयाँ नाफा कमाएका थिए। यो वर्ष घटेर २३ अर्ब ५२ करोड ८७ लाखमा सीमित भएको छ। बैंकको समग्र नाफावृद्धि असोजसम्म भने सकारात्मक थियो। चालू आवको पहिलो त्रैमासमा झन्डै दुई दर्जन बैंकले नाफामा छलाङ मारेका थिए।  

‘कर्जाको ब्याज अपेक्षित नबढ्दा र निक्षेपको ब्याज बढाउँदा बैंकको आम्दानीमा संकुचन आएको हो,’ नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय भन्छन्, ‘सञ्चालन खर्च, प्रविधिको लागत बढ्दै गएको छ। यस कारण बैंकहरूले गत वर्षको भन्दा नाफा वृद्धि गर्न नसकेका हुन्।’ 

गत वर्ष राष्ट्र बैंकले कोभिड प्रभावितबाट कर्जा नलिन वाणिज्य बैंकहरूलाई भनेको थियो। यस अवधिमा ७ वटा बैंकहरूको नाफा वृद्धिमा संकुचन आएको छ। सिभिल बैंकले ३२ करोड २८ लाख रुपैयाँ नाफा हासिल गरेको छ। तर गत वर्ष ८ अर्ब ५२ करोड ८२ लाख थियो। सेन्चुरी बैंकको नाफा वृद्धि ९२.२ ले घटेर ३१ करोड ४२ लाखमा सीमित छ। सानिमा बैंकको ८६.६४ प्रतिशत घटेको छ। उसले यो अवधिमा ७२ करोड ४२ लाख रुपैयाँ नाफा कमायो। 

मेगा बैंकको ८१.७५, प्रभु बैंकको ८०.७६ प्रतिशत, एनएमबीको ६८.५६ प्रतिशत र कुमारी बैंकको ५.८१ प्रतिशत नाफा वृद्धि घटेको छ। यसलाई सन्तोषजनक मान्नुपर्ने बैंकरहरू बताउँछन्। २१ बैंकको नाफा भने केही बढेको छ। बढी नाफा वृद्धि गर्नेमा नेपाल बैंक, एसबीआई र माछापुच्छ्रे छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.