बेपत्ता भनिएका हुम्लाका चन्द्रे कामी आठ दिनपछि सकुशल फेला

बेपत्ता भनिएका हुम्लाका चन्द्रे कामी आठ दिनपछि सकुशल फेला

मुगु : कुटपिट गरी बेपत्ता बनाइका भनिएका हुम्लाका युवा सकुशल फेला परेका छन्। सर्केगाड गाउँपालिका-१ जैर गाउँका १९ वर्षीय चन्द्रे कामी बुधबार फेला परेका हुन्। कामीलाई बिहान आठ बजेतिर खापुनाथ गाँउपालिका-५ याँक्चु बजारमा स्थानीयले फेला पारी प्रहरी चौकीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी सुभाष हमालले बताए ।

अन्तरजातीय विवाह गरेकै कारण केटी पक्षका मान्छेहरुले कुटपिट गरी बेपत्ता बनाएको आरोप थियो। कामीले मुगु सोरु गाउँपालिका-४  लिप्र गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग एक महिना अगाडि प्रेम विवाह गरेका थिए । मंसिर २९ गते केटी पक्षका आफन्त कामीको घरमै पुगी कुटपिट गरी बेपत्ता बनाएको आरोप कामी परिवारले लगाएका थिए।

आठ दिनपछि ती युवा हुम्लाको खापुनाथमा फेला परेको प्रहरीले जनएको छ। उनलाई प्रहरी चौकी याक्चुमा बुझाएको छ। ठकुरीको छोरीसँग कामीको छोराले  विवाह गरेको भन्दै युवती पक्षका माइतीहरुले छोरोलाई निर्घात कुटपिट गर्नुका साथै मंसिर २९ गते रातीबाट बेपत्ता पारेको भनी चन्द्रेका बाबुले हुम्ला प्रहरीमा उजुरी दिएका थिए ।

बेपत्ता पारेको उजुरी आउना साथ हुम्ला प्रहरी कार्यालयका डीएसपी र प्रहरी निरीक्षकको नेतृत्वमा छुट्टाछुटै टोली घटनास्थल पुगी खोजि गरिरहेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.