मध्य चीनका १ करोडभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन

मध्य चीनका १ करोडभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन

शियान : चीनको मध्य प्रान्त शान्सीका १ करोड ३० लाख मानिसलाई प्रान्तीय सरकारले घरमै बस्न निर्देशन दिएको छ । शान्सी प्रान्तको मुख्य सहर सियानमा कोभिड १९ संक्रमण देखा परेपछि सरकारले बिहीबारदेखि त्यहाँका मानिसलाई घरमै बस्न निर्देशन दिएको हो ।

करिब १ करोड ३३ लाखभन्दा बढि जनसंख्या भएको सियान सहरका करिब १२७ मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । दोस्रो चरणको सामूहिक परीक्षणमा १२७ नयाँ संक्रमित पुष्टि भएपछि थप संक्रमण फैलिन नदिन सरकारले बुधबार लकडाउनको निर्णय गरेको हो ।

सो निर्णयअनुसार प्रत्येक घरबाट दुई दिन बिराएर अत्यावश्यक कामका लागि मात्र घरबाहिर निस्कन पाउनेछन् । सरकारले अत्यावश्यक सेवाबाहेक सो सहरका शैक्षिक संस्था, व्यापार व्यवसायसमेत बन्द गराएको छ । सो सहरबाट अर्को क्षेत्रमा यात्रा गर्न स्थानीय सरकारको अनुमति माग्नुपर्ने व्यवस्थासमेत सरकारले लागू गरेको छ ।

चीनले पूर्णरुपमा कोभिड नियन्त्रण गर्ने रणनीति बनाएको छ । सो रणनीति प्रभावकारी बनाउन चीनले कोभिड परिक्षण, लकडाउन, कोभिड प्रतिबन्धलगायत नियम अपनाउँदै आएको छ । आगामी महिना राजधानी बेइजिङमा आयोजित शीतकालिन ओलम्पिक्सलाई मध्यनजर गर्दै चीनले कोभिड फैलन नदिन उच्च सर्तकता अपनाइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.