ओमिक्रोनबाट त्रसित बिल गेट्ले गरे छुट्टी योजना रद्ध

ओमिक्रोनबाट त्रसित बिल गेट्ले गरे छुट्टी योजना रद्ध

क्यालिफोर्निया : संसारभर बढ्दो ओमिक्रोन भेरियन्ट संक्रमणका कारण माइक्रोसफ्टक संस्थापक विल गेट्सले आफ्नो छुट्टी योजना रद्ध गरेका छन् । ओमिक्रोन भेरियन्ट खतरनाक रहेको भन्दै उनले आफ्नो छुट्टी योजना रद्ध गरेका हुन्।

संसारकै धनाढ्य व्यक्तिको सूचीमा समेत रहेका विल गेट्सले मंगलबार ट्विटरमार्फत नजिकिँदै गरेको क्रिसमस र नयाँ वर्षको उपलक्ष्यमा तय भएको छुट्टी र भ्रमण योजना रद्ध गरेको बताएका हुन् । ‘ओमिक्रोन भेरियन्ट दिनप्रतिदिन फैलिदै गएको छ । जबसम्म  संक्रमण सामान्य बन्दैन तबसम्मका लागि मैले मेरा सबै छुट्टी योजनाहरु स्थगित गरेको छु’ ट्विट्मार्फत उनले भनेका छन्, ‘आशा छ यो अवस्था चाँडै नै सामान्य बन्नेछ ।’

उनले आफ्ना नजिकका साथी एवम् सहकर्मीमा ओमिक्रोन संक्रमण देखा परेको समेत जानकारी दिएका छन् । साथै उनले ट्विटरमार्फत कोभिड संक्रमणबाट सबैलाई सर्तक र सुरक्षित रहनसमेत आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.