परिवर्तनका एजेन्डा जोगाउने माओवादी उद्घोष

परिवर्तनका एजेन्डा जोगाउने माओवादी उद्घोष

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनका मुद्दामाथि आक्रमण भइरहेको बताएका छन्। त्यसको रक्षाका लागि सदन, सरकार र जनतालाई जोडेर अघि बढ्नुपर्ने उनी बताउँछन्। शुक्रबार बसेको पार्टीको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदनका मुख्य अंश प्रस्तुत गर्दै यस्तो बताए। 

गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशीलाई समाप्त गर्ने षड्यन्त्र भइरहेको भन्दै उनले भने, ‘यिनीहरूको रक्षार्थ अघि बढ्नुपर्नेमा मेरो जोड छ, यसमा मुख्य भूमिका माओवादीले नै खेल्नुपर्छ।’ विगतका कमी, कमजोरी सच्याउँदै शान्तिपूर्ण ढंगले सहकार्य गर्दै अघि बढ्नुपर्ने पनि दाहालले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन्। राजनीतिक प्रतिवेदनको पूर्ण अंश राष्ट्रिय सम्मेलनमा मात्र प्रस्तुत हुने माओवादी नेताहरूले बताएका छन्।

स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने, ‘विगतका कमी, कमजोरी सच्याउँदै पार्टीलाई अब बिग्रन, भत्किन र फुटबाट जोगाउनुपर्ने अध्यक्षज्यूले उल्लेख गर्नुभएको छ।’ 

दाहालले राजनीतिक प्रतिवेदनका मुख्य विषयमात्र बैठकमा राखेका थिए। संविधान निर्माण गर्दाका कतिपय मुद्दा थाँती रहेको भन्दै तिनीहरूलाई जनताका बीचमा लैजानुपर्नेमा उनको जोड छ। २०७५ जेठ ३ मा सबै कम्युनिस्ट पार्टीको केन्द्र बनाउने उद्देश्यले एमालेसँग पार्टी एकता गरेको तर केपी ओलीका कारण एकता जोगिन नसकेको दाहालले बताएका थिए। 

‘क्रान्तिकारीहरूबीच एकता र ध्रुवीकरणको आवश्यकता छ,’ दाहालले त्यहाँ भने। ‘मूल कुरा नेपाली समाजवादी क्रान्तिको मोडेल कस्तो हुन्छ ?  भन्ने बारेमा अध्यक्षले समकालीन मुद्दाहरू पेस गर्नु भएको छ, स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘जलवायु परिवर्तनको मुद्दा, विज्ञान र प्रविधिको जुन ढंगले  विकास भएको छ, त्यसको बारेमा पनि राख्नु भएको छ।’

कार्ल माक्र्सदेखि माओसम्म मात्रै पढेर अहिलेको विश्व बुझ्न नसकिने उल्लेख गर्दै पोखरेलले भने, ‘सूचना प्रविधिको क्षेत्रमा भएको विकास र परिवर्तनका विशेषताहरूलाई पक्रेर पार्टीलाई अघि बढाउनुपर्नेमा दाहालले भनाइ राखेको पोखरेलले बताए। 

अर्का स्थायी समिति सदस्य शक्ति बस्नेतले अध्यक्ष दाहालको प्रतिवेदनमा एकसरो छलफल भएको जानकारी दिए। पार्टीको विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचनलाई पूर्ण समानुपातिक बनाउने विषयमा छलफल भएको बस्नेतले बताए। 

केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले सम्मेलनबाट माओवादीको विचार र राजनीतिमा क्रमभंग हुने बताए। ‘अहिलेसम्म संसदीय राजनीतिको लयमा माओवादी गयो भन्ने छ,’ उनले भने, ‘त्यसलाई हामी तोड्दै छौं। संविधानमा उल्लेख गरिएको समाजवादको एजेन्डा अघि बढाउँछौं।’  पार्टी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनका प्रतिनिधि टुंग्याउने काम भएको जानकारी दिए। आयोजक, सल्लाहकार र प्रदेशबाट गरी १ हजार ४ सय ८३  प्रतिनिधि सहभागी रहनेछन्। महाधिवेशनमा १० प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनीत गर्ने व्यवस्था गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.