‘समाजवादको भ्रूण जन्मन्छ’
काठमाडौं : शान्ति प्रक्रियापछि माओवादी देशकै ठूलो शक्ति बन्यो। मतभेदले माओवादी पार्टी चोइटियो। शीर्षस्त नेता तितरबितर भए। श्रमिक वर्गसंग नाता टुट्यो। संगठन सुस्त बन्यो। पार्टी झन्डै अराजकताको ढिलमा पुग्यो। नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा पार्टी अध्यक्ष पुष्पकमल दाहालले विगतलाई यसरी स्मरण गरे। श्रमिकसँगै बसेर ‘समाजवादको भ्रूण’ जन्माउने योजना सुनाए। पार्टी मुख्यालय पेरिसडाँडामा कार्यकर्ता माझ उनले नयाँ दिसा, विचार, संगठनात्मक संरचनालाई जनतासँग जोड्न नयाँ कार्यक्रम ल्याउन लागेको खुलाए।
आधारशीला बर्दिबास महोत्तरीले मुखपत्र ‘प्रस्थान’ को नयाँ अंक लोकार्पण गर्दै उनले श्रमिक वर्गसँग जोडिने कार्यक्रम ल्याउन लगेको दाबी गरे। कम्युनिष्ट नेता स्वनाम साथीको सम्झना बारे ‘प्रस्थान’ केन्द्रित छ। ‘सहरका श्रमिक जनता र गाउँका किसानसँग सामूहिक जीवन बिताउने, उनीहरूसँगसँगै श्रम गरेर देखाउने होइन्। उनीहरू सँगसँगै बसेर खान्छौं,’ उनले भने, ‘उहाँहरूसँग पार्टीको टिमै जान्छौं र समाजवादका भ्र्रूण (उत्पादन टिम, श्रमिक टिम)को बिस्तार गर्छौं।’ श्रम र उत्पादन पुँजीलाई उनले समाजवादको भू्रणको रूपमा चर्चा गरेका छन्। ‘माओवादीलाई फेरि एउटा महान क्रान्तिकारी पार्टीका रूपमा रूपान्तरण गरी छाड्छौं,’ उनले जोड दिँदै भने, ‘त्यसका लागि झन्डै ८ लाख पार्टी सदस्य नवीकरण गर्ने काम गरेका छौं।’ यो कामलाई उनले ठूलो सफलता ठाने। ‘पार्टी त झन्डै—झन्डै अस्तव्यस्त भइसकेको थियो,’ उनले पार्टी भित्रको बिकृतिबारे भने, ‘संगठनात्माक रूपले झन्डै—झन्डै अराजकताको पूरै सिकार भइसकेको थियो।’ त्यसलाई स्थानीय र प्रदेश सम्मेलनमार्फत जोगाउन सफल भएको भन्दै थपें अब राष्ट्रिय सम्मेलनमार्फत अझै संगठित गर्न लागेका छौं।’
जनयुद्ध र जनआन्दोलनका उपलब्धिलाई दाहालले पार्टी पुनर्निर्माणको आधारशीलाको रूपमा औंल्याएका छन्। ‘युद्ध र आन्दोलनका बेलामा जस्तो थियो, अब फेरि हामी समाजवाद निर्माणको सन्दर्भमा यसलाई जीवन्त पार्टी बनाएरै छोड्छौं,’ उनले ठोकुवा गर्दै भने, ‘अब जनता तिर फर्किन्छौं, आफ्नै खुट्टतमा उभिन्छौं। आफ्नै संगठनलाई बलियो बनाउँछौं। आफ्नै जनआधार सुदृढ गर्दै जनताको उत्पादन र समृद्धिको महाअभियानको थाल्नी गर्न राष्ट्रिय सम्मेलन गर्दैछौं।’
शान्ति प्रक्रियापछि व्यवहार र विचारमा पार्टी अन्योलग्रस्त भएको उनले स्वीकार गरे। ‘संगठन र व्यवहारमा कहीँ न कहीँ प्रदूषण देखा परेकै हो। त्यसलाई सफाइ गर्छौं।’ फेरि विचारमा स्पष्ट पार्ने, आदर्शको निम्ति समर्पित हुने पार्टी बनाउने बताए। ‘हामीले आफैंलाई रूपान्तरण नगरिकन, देशलाई रूपान्तरण गर्न सकिँदैन,’ उनले अनुभव सुनाए।
गरिब दुःखी जनताको आवश्यकता र चाहानलाई सम्बोधन गर्नका निम्ति व्यवहार र विचारमा परिवर्तन गर्न सम्मेलनमार्फत संकल्प लिन लागेको अध्यक्ष दाहालले गरेको उल्लेख गरे। नेपालको विकासको चरण, इतिहास, अब जाने गणतव्यबारे माओवादी सम्मेलन केन्द्रित छ। ‘पार्टी पुनर्निर्माणको अभियान चलाएका छौं।