नयाँ वर्षमा पर्यटकलाई बाटोमै स्वागत

नयाँ वर्षमा पर्यटकलाई बाटोमै स्वागत

चितवन : धेरैले चितवनलाई नयाँ वर्षको गन्तव्य बनाउने गरेका छन्। तर कोभिडका कारण पछिल्लो दुई वर्ष सौराहा सुनसान जस्तै थियो। 

थलिएको पर्यटन व्यवसायलाई उकास्न सौराहाका व्यवसायीले नौलो तयारी गर्दैछन्। पर्यटकीय नगरी सौराहामा अङ्ग्रेजी नयाँ वर्षको बाहनामा पर्यटकलाई आकर्षित बनाउने योजनामा छन् व्यवसायी। उनीहरू नयाँ वर्षमा आउने पर्यटकलाई बाटोबाटै स्वागत गर्दैछन्। नयाँ वर्ष मनाउन आउने पर्यटकलाई बाटोबाटै स्वागत गरेर लैजानेछन्।

खुलेर रमाउन नपाएको बेला यसपटकको नयाँ वर्षको पूर्वसन्ध्यामा सौराहामा अंग्रेजी नयाँ वर्षलाई स्वागत भव्य बनाउन खोजेका हुन्।  रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान ) सौराहाले पर्यटकलाई बाटौमै स्वागत गर्दैछन्। सौराहा प्रवेश गरेपछि उनीहरुका लागि पर्यटनसँग सम्बन्धित व्यवसायी स्वागतका लागि पुग्नेछन्। व्यवसायीले विभिन्न सांस्कृतिक झाँकीसहित बाजागाजाले स्वागत गर्ने तयारी रहेको व्यवसायीले जनाएका छन्।

कोभिडका कारण थलिएको पर्यटन उकास्न पर्यटक लक्षित गरेर कार्यक्रम तयार परिएको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले बताए। ‘पर्यटनबाट सौराहालाई उठाउन खोज्दै छौँ’, उनले भने, ‘हाम्रो स्वागत सौराहा आउने पर्यटकका लागि नौलो हुनेछ।’

नयाँ वर्षको अघिल्लो साँझ रेवानले सौराहाको सिसुवारस्थित घण्टाघरमा स्वागतद्वार बनाउन लागेको छ। सौराहा प्रवेश गर्र्ने पर्यटकई स्वागतद्वारमा दुई जना महिला बसेर नमस्कारसहित अभिवादन गरेर स्वागत गर्नेछन्। त्यसपछि सपना भिलेज चोकबाट पञ्चे बाजाले स्वागत गरेर लैजाने रेवानको योजना छ। नेवार संस्कृतिको लाखे नाच, थारु महिलाको लाठी नाच, तामाङ सेलो, मगर जातीको संस्कृतिसहित पर्यटकलाई सौराहा लगिने योजना छ। 

संस्थागत रुपले क्षेत्रीय रेवानले स्वागत गर्न लागेको हो। सौराहाका विभिन्न होटल तथा रेष्टुराँले आफ्नै तरिकाबाट सांगीतिक कार्यक्रम गर्दैछन्।  

नयाँ वर्षले पर्यटक आवागमन बढ्नेमा पर्यटन व्यवसायी आशावादी छन्। उनीहरूले सौराहाको पर्यटन अंग्रेजी नयाँ वर्ष २०२२ ले चलायमान हुने अपेक्षा गरेका छन्। नयाँ वर्षको बाहनामा भएपनि पर्यटन व्यवसाय जाग्न सक्ने आश रहेको होटल नेचर हेरिटेजका सञ्चालक  दामोदर रेग्मीले बताए। ‘पर्यटक आकर्षणका लागि गरिने कार्यक्रमले सौराहालाई चलायमान बनाउनेमा ढुक्क छौँ’, उनले भने, ‘अहिलेको पर्यटक स्वागतको योजनाले धेरै नै प्रभाव पार्नेछ।’

पर्यटकले सौराहाका रेस्टुराँमा विभिन्न खानाका परिकारको स्वाद लिन पाउने व्यवसायीले बताएका छन्। सौराहामा पारिवारिक रमाइलो, वन्यजन्तु अवलोकन, डुङ्गा  सयर, हात्ती तथा जिप सफारी गर्न पाइन्छ। सौराहा वन्यजन्तु पर्यटनको लागि नेपालकै उत्कृष्ट गन्व्यमा हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.