६९ केजी गाँजासहित तीन जना पक्राउ
हेटौंडा : मकवानपुर प्रहरीले ६९ किलो पाँचसय ग्राम अबैध लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। सोमबार साँझ हेटौंडा -१ स्थित पालुङ बसपार्कमा ना १ ह ७६३८ नम्बरको अटो चेकजाँच गर्ने क्रममा तरकारीको बोरा भित्र लुकाएर राखेको गाँजा फेला परेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए।
गाँजासहित पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका घर भई हाल हेटौंडा -७ कमाने बस्ने ३४ वर्षीय सिताराम मोक्तान, गाँजा ओसारपसारमा संलग्न कैलाश गाउँपालिका- १ स्थित ३३ वर्षीय अमरबहादुर गिरी र २६ वर्षीय इन्द्रबहादुर मोक्तान रहेका छन्।
लागुऔषध गाँजा, अटोसहित पक्राउ परेका उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गुरुङले बताए। विषेश सूचनाको आधारमा चेकजाँज गर्दा बोराभित्र काउलीसँग लुकाएर राखेको अवस्थामा गाँजा भेटिएको मकवानपुर प्रहरीले जनाएको छ।