बजारमा भीड, कोरोनाको जोखिम उस्तै

बजारमा भीड, कोरोनाको जोखिम उस्तै

चितवन : केही समयअघि सकिएको छठ पर्वमा हजारौंको भीड लागेको थियो। नारायणगढ स्थित नारायणी नदी किनारमा छठमा पूजा गर्ने र हेर्न जानेको भीड नै लाग्यो। त्यसअघि मनाइएको दसैं, तिहार र तीजमा पनि मानिसको भीड कम थिएन। चाडपर्व मनाउने क्रममा मानिसहरुको लापरवाहीले जिल्लामा जोखिम बढाएको छ। 

चाडबाडलगत्तै नेकपा एमालेले महाधिवेशन लाखौंको भीड जम्मा गरेर चितवनमा आयोजना गर्‍यो।  अन्य राजनैतिक दलले पनि जिल्लास्तरमा भीड गरेर कार्यक्रम गर्न छोडेका छैनन्। कोभीडसँगै ओमिक्रोन संक्रमणको खतराको बढेको छ। कार्यक्रमहरुमा सर्तकता अपनाएको देखिएन। चाडवाडपछि अहिले मेला महोत्सवको तयारी पनि उत्तिकै छ। योसँगै बढेको चिसोले जोखिम पनि बढ्ने चिकित्सकले बताएका छन्।  

मानिसहरुको लापरवाही कम भएको छैन। आवतजावत गर्नेले कोरोनाको जोखिमलाई हेलचेक्रयाइँ गरेका छन्। कोरोना परीक्षण गर्ने मध्येका पाँच प्रतिशतको हाराहारीमा पोजिटिभ देखिएको छ।  चाडबाडमा किनमेल गर्नेको भीड बढेको हुँदा फेरि सक्रमण दर बढ्ने जोखिम छ। जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले  झन जोखिम बढ्ने खतरा रहेको बताए।  ‘अहिले संक्रमितको संख्या नबढे पनि ढुक्क हुने अवस्था छैन। तर पनि भीड रोकिएको छैन। कतिखेर संक्रमण दरको अवस्था उकालो लाग्ने हो थाहा हुँदैन ’ , तिवारीले भने , ‘भ्याक्सिनको प्रभावले पनि मानिस निर्धक्क छन्। तर सावधानी अपनाएन भने बढ्न सक्ने खतरा छ। ’

बजारमा किनमेल गर्नेको भीड लाग्ने गरेको छ। किनमेल गर्नेले सावधानी अपनाएको भेटिंदैन। केहीले मास्क लगाए पनि सावधानी अपनाएको देखिंदैन। कोरोनाको संक्रमणदर घटे पनि मानिसहरु लापरवाही गर्न थालेका छन्। कतिपयले स्वास्थ्य मापदण्ड समेत पालना गर्दैनन्। बजारमा देखिने भीडले स्वास्थ्यकर्मी समेत चिन्तित् छन्। ‘अहिले केही सामान्य भए पनि चिसो बढ्न थालेको छ। हेलचेक्राई बढ्यो भने जोखिम पनि बढ्छ’, भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रकाश खतिवडाले भने , ‘लापरवाही बढेको छ। सजगता अपनाउनुपर्ने देखिएको छ। ’

नारायणगढ बजारका व्यापारिक पसलमा ग्राहकको चाप बढेको छ। कोरोनाको जोखिम भए पनि लकडाउन नहुँदा नारायणगढमा किनमेलका लागि जाने सर्वसाधारणको भीड बाक्लो छ। बढ्दो भीडभाडले कोरोना जोखिमसमेत बढाएको छ। नारायणगढ, भरतपुर, टाँडी लगाएतका ठुला बजारमा अत्याधिक भीड छ। पसलमा किनमेलका लागि जाने सर्वसाधारणको भीड बाक्लो छ। ब्यवसायी भने पुरानै लयमा फर्किन लागेको भन्दै खुसी छन्।  नारायणगढका व्यवसायी एकदेव रिमालले बजारमा मानवीय चाप बढेको बताउँछन्। ‘धेरै समय कोभिडले थलिएको व्यवसाय चाडवाडका कारण चलाएमान हुन थालेको छ ’, उनले भने , ‘यसरी हेर्दा लामो समय सुस्ताएको व्यवसायमा केही आशा देखिएको छ। हामीले सजक  गराएका छौ ।’

किनमेलमा हिँडेकाहरू कतिपय मास्क नलागाई हिंडेका थिए। बजारमा आवतजावत गर्दा सार्वजनिक यातायातमा यात्रुको चाप बढेको छ। अव्यवस्थित भीडका कारण कोरोना सङ्क्रमण थप फैलने चिन्ता चिकित्सकको छ। परिवार र समुदायमा घुलमिल हुँदा संक्रमणको खतरा छ। हेलदचेक्राईं गर्ने प्रवृत्ति पनि बढेको छ।  
स्वास्थ्य सुरक्षामा समेत सजकता अपनाएको पाइँदैन। खोप लगाएको कारण पनि केही ढुक्क छन्। त्यसले पनि जोखिमको त्रास बढाएको छ। चितवनमा मंगलबार छ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यो सहित जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८३ पुगेको छ। चार जना अस्पतालको आइसोलेसन केन्द्रमा उपचाररत छन्।  बाँकी ७९ जना होम आइसोलेसनमा छन्।

चितवनमा हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २०३ पुगेको छ। त्यसमध्ये २६ हजार ६८५ संक्रमणमुक्त भएका छन्। ४३५ जनाले भने कोरोना संक्रमणकै कारण ज्यान गुमाए। पछिल्लो २४ घण्टामा ११ जना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.