कोभिड छलेर महोत्सव

कोभिड छलेर महोत्सव

चितवन : कोभिडको जोखिममा रोकिएका महोत्सव यस वर्ष चितवनमा धमाधम गरिंदै छ। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमको आंकलन गरिए पनि जिल्लामा महोत्सवको गरिएको हो। 

जोखिमको डर भनिए पनि जिल्ला स्थित विभिन्न संघ संस्थाले महोत्सवको आयोजना गर्न लागेका हुन्। करिब एक साताको अन्तरालमा चितवनमा चारवटा महोत्सव हुँदैछ। कोभिडका कारण रोकिएको महोत्सव यस वर्ष गर्न लागिएको हो। 

सात वटा स्थानीय तहमध्ये चार वटामा महोत्सव गरिंदै छ। कोरोना भाइरसको नयाँ भेरियन्ट यसअघिका भन्दा धेरै गुणा संक्रामक रहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिन्ता गरेको छ। तर जिल्लामा भने बढी भीड हुने महोत्सवको तयारी छ।

आयोजक संस्थाले सतर्कताका साथ आयोजना गर्न लागेको जनाएको छ। उद्योग वाणिज्य संघ चितवनको आयोजनामा पौष २५ गतेदेखि चितवन महोत्सव  गर्दैछ। आयोजक संस्थाले कोभिडको जोखिम न्यूनीकण गरेर महोत्सव गर्न लागेको जनाएको छ। ‘त्यसै लहलहैमा महोत्सव गर्न लागेको होइन, जिल्ला स्वास्थ्य कार्यालयको समन्वय गरेका छौं ’, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले भने, ‘जिल्लामा धेरैले खोप लगाइसकेका छन्। विद्यालय उमेरकालाई  पनि खोप लगाइसक्ने हुनाले हामीले महोत्सव आयोजना गरेका हौं। ’ 

कोभिडले धरासायी भएको अर्थतन्त्र उकास्न महोत्सव गरिएको बताए। अघिल्लो संस्करणमा झण्डै ६ सय स्टल रहने चितवन महोत्सवमा कोभिडको जोखिम देखाउँदै साढे तीनसय स्टल राख्न लागिएको हो। चितवन महोत्सव एक वर्षपछि धकेलिएको छ। 
 
पौष २७ गतेदेखि रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा रत्ननगर महोत्सव गरिंदैछ।  महोत्सवको ११ औं संस्करण आयोजनमा हुने महोत्सवमा ३ सय ५० स्टल रहनेछन्। चार लाख जनाले अवलोकन गर्ने अनुमान आयोजकको छ। मूल समिति संयोजक अनिलकृष्ण श्रेष्ठले जोखिम बढ्न नदिने बताएका छन्। 
'महोत्सवको उदेश्य आर्थिक विकास हो ’, उनले भने, ‘हामीले हुन सक्ने खतराको आँकलन गरेर त्यसै अनुसार तयारी गरेका छौं। ’

कालिका नगरपालिकाको पदमपुरमा बिहीबारदेखि प्रथम पदमपुर पर्यटन, सांस्कृतिक तथा व्यापारिक महोत्सव सुरु भएको छ। महोत्सवमा १ सय स्टल छन्। महोत्सवमा भीड धेरै छ। 

थारु समुदायले मनाउने खिचरा पर्वको अवासर पारेर  पुस ३० गतेदेखि १० दिनका लागि आठौँ खिचरा महोत्सव पनि हुँदैछ। पूर्वी चितवनको खैरहनी नगरपालिकाको जबकौलीको गौचरनमा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले आयोजना गर्न लागेको हो। 

जिल्लामा अहिले संक्रमण दर पाँच प्रतिशतभन्दा कम छ। जोखिम कम भए पनि सजगता नहुँदा संक्रमण बढ्न सक्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालय चितवनले सावधानी अपनाउन निर्देशन गरेको छ। महोत्सव आयोजकले स्वास्थ्य मापदण्ड पालना गराएर मात्रै महोत्सव गर्न भनिएको छ। ‘महोत्सव स्थलमा जो कोहीले पनि मास्क लगाएको, स्यानिटाइजरको अनिवार्य व्यवस्था गरेर मात्र महोत्सव गर्न भनेका छौं ’ , कार्यालय प्रमुख दिपक तिवारीले भने , ‘समान्य लापरवाहीले पनि जोखिम बढ्न सक्ने कुरालाई ध्यानाकर्षण गराएका छौं। ’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.