जीवन बिमाबापत ५७.७९ अर्ब

जीवन बिमाबापत ५७.७९ अर्ब

काठमाडौं : जीवन बिमा कम्पनीहरूको व्यवसाय प्रतिस्पर्धी बन्दै गएको छ। चालू आर्थिक वर्षको ५ महिनामा १९ जीवन बिमा कम्पनीहरूले ५७ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन्। 

यो गत वर्षको सोही अवधिको तुलनामा १६.७८ प्रतिशत बढी हो। कम्पनीहरूले साउनमा १६ अर्ब ६१ करोड रुपैयाँ आर्जन गरेका थिए। 

बिमाशुल्क आर्जन बढेको देखिए पनि वृद्धिदरमा भने कमी आएको छ। बिमा समितिको तथ्यांकअनुसार साउनमा व्यवसाय वृद्धिदर २७.३८ प्रतिशत थियो। भदौ मसान्तसम्म ३४.२४, असोजसम्म १८.२८ र कात्तिकसम्म २३.२२ प्रतिशतले व्यवसाय वृद्धि भएको छ। 

कम्पनीहरूले १ अर्ब ५३ करोड रुपैयाँ प्रथम बिमाशुल्क, विकरणमार्फत ४१ अर्ब ६३ करोड ८७ लाख रुपैयाँ आर्जन गरे। वैदेशिक रोजगार बिमाशुल्क ८१ करोड १५ लाख रुपैयाँ कमाएका छन्। ९६ लाख १९ हजार ४ सय ४७ वटा बिमालेख बिक्री गरेका छन्।

मंसिरसम्म सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले १५ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ। जसमा २ अर्ब ९८ करोड रुपैयाँ प्रथम बिमा शुल्कबापतको रकम छ। 

‘यसलाई अझ बढाउने योजनाका साथ काम गरिरहेको नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरी बताउँछन्। अधिकांश सूचकांकले नेपाल लाइफ जीवन बिमा क्षेत्रमा अब्बल सावित भएको कम्पनीको दाबी छ। 

दोस्रो धेरै बिमाशुल्क आर्जन गर्नेमा एलआईसी लाइफ इन्स्योरेन्स छ। उसले ६ अर्ब ५८ करोड रुपैयाँ आर्जन गरेको छ। तेस्रो स्थानमा सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थान रहेको छ। 

तीन वर्षअघि ९ वटा मात्रै जीवन बिमा कम्पनी थिए। यसपछि बिमा बजारमा १० नयाँ कम्पनी थपिएसँगै बिमा बजार थप प्रतिस्पर्धी बन्दै गयो। 

कतिपय नयाँ बिमा कम्पनीले व्यवसाय पुरानाभन्दा बढी गर्न सफल भएका छन्। युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्ण बिमा व्यवसायमा कोभिडले केही असर पारेको बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.