उपल्लो मुस्ताङको लोमान्थाङमा 'क्याङ' भेटियो

उपल्लो मुस्ताङको लोमान्थाङमा 'क्याङ' भेटियो

जोमसोम : चीन,पाकिस्तान र भारत लगायतका देशमा पाईने दुर्लभ प्रजातीको जंगली गधा(क्याङ)उपल्लो मुस्ताङमा भेटिएको छ । एक्याप लोमान्थाङका स्वास्थ्य सहायक रामबहादुर गुरुङले लोमान्थाङ आसपासमा दुई वटा जंगली गधा (क्याङ)देखा परेकाे पुष्टि गरेका छन् ।

केही हप्ता अघिदेखि उपल्लो मुस्ताङको लोमान्थाङ वरपर क्याङ देखा परेको हो । यसअघि पनि लोमान्थाङमा क्याङ देखा परेको हल्ला चलाईएपनि त्यो पुष्टि हुन सकेको थिएन । गत मंसिर १ गते उपल्लो मुस्ताङको चराङ खोलामा क्याङ भेटिएको थियो । 

समून्द्री सतहको ३६२६ मिटर उचाईको चराङ खोला र चराङ गाउकोबीचमा एक्याप स्वास्थ्य सहायक रामबहादुर गुरुङले क्याङ देखेका हुन् । उनले चराङमा भेटिएको क्याङको तस्विरसमेत कैद गरेका छन् । लोमान्थाङ-५ का स्थानीय ८३ वर्षीय टसी गुरुङले तिब्बती पठारमा क्याङ देखेपनि उपल्लो मुस्ताङमा क्याङ देखेका थिएनन् । उनले ५० वर्षपछि छोजुङ गुम्बा भन्ने स्थानमा गोठ बस्दा क्याङ देखेको बताए । जंगली क्याङ उच्चलेंकबाट बस्तीमा झर्दा ठूलो हिमपात हुन्छ भन्ने भनाई छ । लोमान्थाङमा जंगली गधा (क्याङ)देखा परेसंगै भारी हिमपात भएको स्थानीयबासीको भनाई छ ।

हिमाली तथा उच्चपहाडी क्षेत्रमा पाईने यसप्रकारको जंगली गधालाई स्थानीय भाषामा 'क्याङ' भन्ने गरिन्छ । तिब्बती पठारको २७ सय देखि ५४ सय मिटरको उचाईमा क्याङको मुख्य बासस्थान रहेको छ । लोमान्थाङमा भेटिएको क्याङ पनि तिब्बती पठारबाट भित्रिएको हुनसक्ने एक्याप लोमान्थाङका स्वास्थ्य सहायक गुरुङले उल्लेख गरे । यद्यपी नेपालको विभिन्न हिमाली जिल्लामा पाईने गर्छ ।

नेपालको मकालु बरुण राष्ट्रिय निकुञ्ज, शे-फोकसुन्डो राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्रमा क्याङ पाईने तथ्य प्रमाणित भइसकेको उनले बताए । उपल्लो मुस्ताङमा करिब एक सय बढी क्याङ रहेको उनको भनाई छ । एक्याप स्वास्थ्य सहायक गुरुङका अनुसार उपल्लो मुस्ताङमा देखापर्ने क्याङ तिब्बत र उपल्लो मुस्ताङमा आहोर-दोहोर गरिरहेका हुन्छन् ।

बन्यजन्तु विशेषज्ञ तथा प्रोफेसर करण शाहका अनुसार क्याङ बस्तीमा झर्नु सामान्य बिषय भएको तर ठूलो हिमपातपछि सुरक्षित गन्तब्यको खोजीमा क्याङ बस्तीमा झर्ने सम्भावना रहन्छ । क्याङले आफ्नो बासस्थानमा चरनक्षेत्रको अभाव हुने, बसाईको क्रममा बाटो बिराउने र बीच बाटोमा घोडा खच्चड देखेपछि त्यसको पछि लाग्दै गर्दा बस्ती नजिक आउने प्रोफेसर शाहले उल्लेख गरे ।

विश्वमा ६ हजार देखि ७ हजारसम्म क्याङ रहेको अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.