माओवादीले छानेका २३६ केन्द्रीय सदस्य कोको हुन् (सूची)
काठमाडौं : नेकपा माओवादी केन्द्रले बन्दसत्रबाट पुष्पकमल दाहालसहित २९९ सदस्य केन्द्रीय समितिमध्ये २३६ जनाको नाम टुंगो लगाएको छ। आठौं राष्ट्रिय महाधिवेशन आयोजक समितिका अध्यक्ष दाहालले बन्दसत्रमा पेस गरेको केन्द्रीय सदस्यहरूको नाम पारितसँगै महाधिवेशन सकिएको छ। माओवादीले खुला र समावेशी गरी मिश्रित निर्वाचन प्रणालीबाट कमिटी बनाएको हो।
‘खुलातर्फ १११ र १२५ समानुपातिकतर्फ गरी अध्यक्षले २३६ जना केन्द्रीय कमिटी सदस्यको सूची पेस गरेका थिए। उनको प्रस्ताव सर्वसहमतिले पास भयो,’ पार्टीका प्रवक्ता कृष्णबहादुर महराले भने, ‘बाँकी सदस्यको नाम, अध्यक्षसहित पदाधिकारीको चयन टुंगो, नयाँ कार्यसहितको सोमबार बस्ने बैठकबाट गर्छ।’
निर्वाचन कार्यक्रम पटक–पटक सार्दै दाहालले तयार पारेको नयाँ केन्द्रीय कमिटीको प्रस्ताव आइतबार बेलुकी बन्दसत्रबाट पारित भएको थियो। विधानबमोजिम पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ।
आयोगका अध्यक्ष अनुमोदित
गठित माओवादीको विभिन्न ३ आयोग अनुमोदन भएको छ। निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ, अनुशासन आयोगको अध्यक्षमा टंक राई र लेखापरीक्षण आयोग अध्यक्षमा पेशल खतिवडलाई बन्दसत्रबाट नयाँ जिम्मेवारी दिएको हो।
बन्दसत्रमा स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको समसामयिक प्रस्ताव पनि पारित गरिएको थियो। चुरे दोहन नियन्त्रण गर्नुपर्ने, कोरोना प्रभावित मजदुरलाई रोजगारी दिनुपर्ने, उखु किसानका बक्यौता रकम उपलब्ध गराउन सरकारसँग माओवादीले माग गर्ने प्रस्तावमा उल्लेख गरेको वाईसीएलका केन्द्रीय सचिव शंकर महतोले बताए।
दाहालले पेस गरेको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि २५ वटा समूहले गरेको थियो। छलफलबाट आएका सुझाव र जिज्ञासा समावेश गर्ने भन्दै पारित भयो। आउँदो तीनै तहको चुनावपछि विशेष महाधिवेशन गरेर प्रतिवेदनलाई अझै मूर्त रूप दिनेछ।
माओवादीले यसै महाधिवेशनबाट पार्टीको नयाँ विधान जारी गरेको छ। त्यसअनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय भएको छ। त्यसमा ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीको बाटो तय गरेको केन्द्रीय सदस्य राजु खड्काले बताए।
खुलातर्फ (१११ जना)
नेपबहादुर थारू चौधरी, लक्ष्मणदत्त जोशी, शरदसिंह भण्डारी, खगराज भट्ट, नरेन्द्रबहादुर कुँवर, त्रिलोचन भट्ट, माधव सापकोटा, युवराज चौलागाईं, लेखनाथ दाहाल, शालिकराज जमकट्टेल, श्यामकुमार श्रेष्ठ, हरि दाहाल, महेश्वर दाहाल, हेमलाल शर्मा, सन्तकुमार दराई, हितमान शाक्य, कृष्णप्रसाद सापकोटा, धर्मदत्त देवकोटा, मुक्ति प्रधान, ईश्वरीप्रसाद भण्डारी, सुनील मानन्धर, हरिबोल गजुरेल, पुष्पकमल दाहाल प्रचण्ड, दिलिप महर्जन, सुदन किँराती, किरणकुमार राई, सुरेश राई, हेमराज भण्डारी, राजेन्द्र कार्की, एकचन्द्र बराल, पदमबहादुर राई, साबित्रीकुमार काफले, सुरेन्द्रकुमार कार्की, युवराज भट्टराई, अजयशंकर नायक, अशोक मण्डल, भरतप्रसाद शाह, प्रकाशहरि पोखरेल, राजु खड्का, योगकुमार यादव, गोपाल ठाकुर, रामकुमार शर्मा, रामेश्वर राय यादव, मातृका यादव, प्रल्लाह कुमार बुढाथोकी, गिरिराजमणि पोखरेल, विश्वनाथ साह, गणेश साह, इन्द्रजित थारु, जीवन गौतम, तेजबहादुर ओली, हेमराज शर्मा पोखरेल, गणेशमान पुन, जगप्रसाद शर्मा, वर्षमान पुन, महेश्वरजंग गहतराज, कुलप्रसाद केसी, डोरप्रसाद उपाध्याय, सुबबहादुर रोका, तिलकराम शर्मा, चक्रपाणि खनाल, कृष्णध्वज खड्का, कृष्णबहादुर महरा, बामदेव क्षेत्री, झकबहादुर मल्ल, विन्दमान विष्ट, रामदीप आचार्य, महेन्द्रबहादुर शाही, राजकुमार शर्मा, शक्ति बस्नेत, गजेन्द्र महत, टेकबहादुर बस्नेत, जनार्दन शर्मा, मायाप्रसाद शर्मा, कालीबहादुर मल्ल, युवराज दुलाल, रामप्रसाद सापकोटा, ओमनाथ ढुंगाना, गंगा कार्की, पुष्पविक्रम मल्ल, लीलामणि पोखरेल, लक्ष्मण पन्त, लेखनाथ न्यौपाने, डिलाराम आचार्य, झक्कु सुवेदी, सीपबहादुर बस्नेत, कृष्ण केसी, अमरबहादुर गुरुङ तमु, गुप्तबहादुर ठकुरी, खिमलाल देवकोटा, देवेन्द्र पौडेल, हरिबहादुर चुमान, बालकृष्ण गैरे, नारायणकाजी श्रेष्ठ, कृष्णप्रसाद धिताल, देवप्रसाद गुरुङ, श्रीराम ढकाल, सुरेश आलेमगर, हितराज पाण्डे, दिनानाथ शर्मा, पम्फा भुसाल, उर्मिला अर्याल, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी, यशोदा सुवेदी गुरुङ, परशुराम रम्तेल, महेन्द्र पासवान, गोपी सार्की अछामी, दलजित श्रीपाइली, वीरमान चौधरी, कुमार पौडेल
खसआर्य (३५ जना)
विजय भण्डारी, दुर्गाप्रसाद चापागाईं, अनिल शर्मा, लालबहादुर सोडारी, यशोदा न्यौपाने, ओमकुमारी पौडेल, विमला सिंह, दीपा सिम्खडा, गीता तिमिल्सिना, कृष्णा शाह, आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गंगाकुमारी बेलवासे, दामाकुमारी शर्मा, देवी खड्का, धर्मशिला चापागाईं, नारायणी शर्मा, बलावती शर्मा, विमला सुवेदी, रेणु चन्द, रेणु दाहाल, सत्य पहाडी, सविता कार्की, सुशीला सिंखडा, ज्ञानु बस्नेत सुवेदी, लक्ष्मीदेवी न्यौपाने, मञ्जु बम, कुन्ती जोशी, टीका बुढाथोकी, गोमा कुँवर, काली चलाउने, लुम्बिनी गौतम, हरिमाया शर्मा, रुकु चौलागाई
दलित (१८ जना)
विष्णुबहादुर विक, यमबहादुर परियार, जगत पार्की, अञ्जना विसंखे, सुशीला श्रीपाइली, सीता बौडेल, मानकुमारी नेपाली, सीता नेपाली, धनमाया विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, दुर्गाकुमारी विक, पम्फा बसेल, सुवोध श्रीपाइली, पार्वती विक
मुस्लिम पुरुष (७ महिलासहित १५ जना)
हकिकुल्ला मुसलमान, कौशर शाहा लगायत।
मधेसीतर्फ (७ जना)
जगत यादव, शिवकुमार मण्डल, रामकुमार यादव, सुरेन्द्र मेहता, बोधमाया कुमारी यादव, सुनिता कुमारी यादव, घनश्याम यादव
आदिवासी जनजाति (४३ जना)
अजम्बर राई काङमाङ, रामकुमार राई, मानबहादुर बुढामगर, दिपबहादुर योन्जन, दिपेन्द्र पुनमगर, तुलाराम घर्तीमगर, राजकाजी गुरुङ, परशुराम तामाङ, हितबहादुर तामाङ, दिलीप प्रजापति, छक्कबहादुर लामा, इन्द्र आङ्बो, हेमकुमार राई, डम्बर घर्तीमगर, नवीन जिरेल, अमृता थापा, ओनसरी घर्ती, कमला रोका, कुमारी मोक्तान, तारा घर्ती, दुर्गा जयन्ती राई, पार्वती थापा, शशी श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेबे, मणि खम्बु किराँती, पी। घर्ती, लक्ष्मी पुन, मिना तामाङ, सरिता महर्जन, प्रतिमा श्रेष्ठ, उर्मिला लामा, लक्ष्मी गुरुङ, लालकुमारी पुन, माया बल, आर। तामाङ, कमला दोङ, बिना मगर
थारू (१२ जना)
सन्तकुमार चौधरी, हरिनारायण चौधरी, देवीलाल चौधरी, अमनलाल मोदी, रुपा शशी चौधरी, अन्जना चौधरी, अञ्जु चौधरी, दिपा चौधरी, कृष्णा चौधरी, रामकुमारी चौधरी लगायत।
पिछडिएको क्षेत्र
नरेश भण्डारी, देवकी मल्ल, कुमार पौडेल
अपांगतर्फ
चुडामणि खड्का, चम्पा कार्की
समावेशी कमिटी बनाउन ३३ बैठक
नेकपा माओवादी केन्द्रले उठाएको समावेशी समानुपातिक मुद्दालाई अभ्यास गर्न लामो संघर्ष गर्यो। उक्त मुद्दालाई पार्टीभित्रै लागू गर्न उसलाई निकै कठिन भएको छ । महाधिवेशनमा समावेशी समानुपातिक मुद्दा लागू गरी नयाँ केन्द्रीय कमिटी गठन गर्न ३३ वटा बैठक बस्नुपर्यो।
पार्टी रुपान्तरण र समाजवादी क्रान्ति सफल पार्न प्रचण्डले हौसला र चिन्ता व्यक्त गरेका छन्। ‘पार्टीभित्र सबैको अनुहार झल्किनुपर्छ भन्ने कुराले उत्साहित छु। तर, सोचेको जस्तो क्रान्तिकारी पार्टी नबन्ने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ,’ कमिटीका सदस्यहरूको नाम घोषणाअघि उनले बन्दसत्रमा भने, ‘अरूले खुलातर्फ ६० र समानुपातिकतर्फ ४० प्रतिशत अधिकार दिएका छन्। तर, हामीले ‘५०/५०’ विशेष अधिकार दिएका छौं। यो गर्वको कुरा हो।’
स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले आठौं महाधिवेशन ऐतिहासिक बनेको बताए। ‘समावेशी समानुपातिक, त्यसमध्ये पनि विशेष अधिकार तथा व्यवस्थासहितको नेतृत्व छनौटको प्रक्रियामा हामी गएका छौं,’ उनले भने, ‘समावेशी समानुपातिकको कलस्टर मिलाउन ३३ वटा बैठक भयो। अन्तः महाधिवेशनलाई सफलताको शिखरमा पुर्याएका छौं।’
माओवादी नेता मात्रिका यादवले अब समाजवादी क्रान्तिको रथ दु्रत गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरे।