फागुन तेस्रो सातादेखि झापा गोल्डकप

फागुन तेस्रो सातादेखि झापा गोल्डकप

झापा : कोरोना भाइरस संक्रमणको कारण रोकिएको झापा गोल्डकपको पाँचौं संस्करण फागुन तेस्रो साता आयोजना हुने भएको छ। गोल्डकप आयोजक समितिले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले फागुन २१ देखि ३० सम्म प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए। छ वर्षदेखि नियमित सञ्चालन हुँदै आएको प्रतियोगिता कोरोना भाइरसको संक्रमणपछि दुई वर्ष यता सञ्चालन हुन सकेको छैन। 

सभा समारोह लगायत बाक्लो उपस्थिति हुने प्रकृतिका सबै कार्यक्रम पूर्ववत् अवस्थामा सञ्चालन भइरहेकाले प्रतियोगिताको तयारी थालिएको अध्यक्ष बस्नेतले बताए। प्रतियोगिता सञ्चालनका लागि एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

एन्फासँग भएको सहमति अनुरुप गोल्डकपको कार्यतालिका तय गरिएको झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङले बताए। गोल्डकपमा आयोजक झापा–११ सहित नेपालका ९ र एक विदेशी गरी १० टीमको सहभागिता रहने छ। यद्यपि, प्रतियोगितामा सहभागी हुने टीमको टुंगो लगाउन भने बाँकी छ।  

झापा गोल्डकपका पूर्व अध्यक्ष महेन्द्रकुमार गिरीले दीगो आर्थिक स्रोतको व्यवस्थापन हुने पाँचौ संस्करणको तयारी भइरहेको बताए। प्रतियोगिता सञ्चालन गर्न महासचिव गजेन्द्र पौडेलको संयोजकत्वमा पाँच सदस्यीय सचिवालय समिति गठन गरिएको छ। 

प्रतियोगिताको बिजेता टीमले १२ लाख ५५ हजार र उप बिजेता टीमले छ लाख रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा मस्ट भ्यालुएवल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिनेछ। प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन्।

सर्वाधिक गोलकर्तालाई नगद २५ हजार दिइने आयोजकले जनाएको छ। त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९९९ रुपैयाँ पाउनेछन्। उद्घाटन समारोहमा झापाका दुईजना पुराना फुटबल खेलाडीलाई नगद १५ हजारसहित सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष बस्नेतले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.