'नामवन पर्व' मनाउन व्यस्त लेप्चा

'नामवन पर्व' मनाउन व्यस्त लेप्चा

इलाम : तीन पर्व धुमधामका साथ मनाउने लोपोन्मुख लेप्चा समुदाय अहिले 'नामवन पर्व' मनाउन व्यस्त छ। इलाममा सोमबार नामवन धुमधामका साथ मनाइँदै छ। 

लेप्चा जातिले सबैभन्दा महत्वका साथ नामवन पर्व मनाउने गरेको लेप्चा उत्थान मञ्चकी केन्द्रीय उपाध्यक्ष रोजी लेप्चा बताउँछिन्। पुष महिनाको औंसी नजिक यो पर्व मनाउने गरेको लेप्चाहरु बताउँछन्। इलाममा भएका लेप्चा जातिले सामुहिक रुपमा केही वर्ष अगाडिदेखि यो लोपोन्मुख चाँड बनाउन थालेका छन्। 

भारतको दार्जिलिङ्ग, कालेम्पोङ्ग, सिक्किममा भने व्यापक रुपमा ७ देखि १५ दिनसम्म मनाउने परम्परा रहेको छ। नयाँ कुराको पुजा गरेर मनाइने पर्वमा पछिल्लो समय युवा पुस्तालेसमेत चासो देखाउन थालेका उनले बताइन्। 

लेप्चाहरुले पर्वको अवसरमा पुजाआजा गर्ने, रमाइलो गर्ने र एक अर्कामा शुभकामना आदानप्रदान गर्ने गरेको लेप्चा समुदायका जेष्ठ नागरिक रसबहादुर लेप्चा बताउँछन्।  

लेप्चा समुदायको अर्को एक चाड सक्यू रम्फात हो। 'सक्यू रम्फात' लाई 'लि रम्फात' पनि भनिन्छ। यो नेपाली क्यालेण्डर अनुसार मंसिर, माघ र फागुन महिनामा मनाइन्छ। रोग व्याधी हैंजा महामारी प्राकृतिक विपत्ति, नराम्रा दुर्घटना नआओस् भनेर मनाउने चलन छ। 

लोपोन्मुख लेप्चा इलाम, झापा, मोरङ्ग लगायत भारतको सिक्किम, दार्जिलिङ्ग, कालेबुङ्ग, भुटान आदि ठाउँमा बसोबास गर्दछन्।  
नेपाल सरकारद्वारा आदिवासी जनजाति प्रतिष्ठान ऐन २०५८ अनुसार सूचीकरण भएका ५९ जातिमध्ये लेप्चा पनि एक हो। सरकारको वर्गीकृत पाँच सूची अनुसार लोपोन्मुख समूहको दश जातिमध्ये एकमा पर्ने लेप्चाहरुले आफ्नो चाड पर्वले पहिचान बोकेको ठान्छन्।  

लेप्चा उत्थान मञ्च २०७५ को सर्वेअनुसार इलाममा ३ हजार ६० जना लेप्चा रहेका छन्। इलामको सुर्योदय नगरपालिका, रोङ गाउँपालिका, इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकामा लेप्चा समुदायको बासोबास छ। 

लेप्चा समुदायको नयाँ वर्षको अवसरमा इलामको सूर्योदय नगरपालिका र रोङ गाउँ पालिकाले बिदा दिएको छ। रोङ गाउँपालिकाले लेप्चा भाषाको प्रवर्द्धनका लागि रोङ गाउँपालिका ३ को सारदा आधारभुत विद्यालयमा लेप्चा पाठ्यक्रम लागु गरेको गाउँपालिका अध्यक्ष समशेर राईले बताए। त्यहाँ २५ जना लेप्चा विद्यार्थी छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.