वर्षमान पुनको आग्रहमा माओवादी केन्द्रीय समितिको बैठक स्थगित

वर्षमान पुनको आग्रहमा माओवादी केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं: चीनमा उपचाररत वर्षमान पुन नेपाल आउने भएपछि माओवादी केन्द्रको आजको बैठक पदाधिकारी चयन नगरिकनै स्थगित भएको हो। वर्षमान पुन र उनकी श्रीमती ओनसरी घर्तिमगरले आफूहरु पनि बैठकमा सहभागी हुने चाहना राखेपछि आजको बैठक स्थगित गरिएको केन्द्रीय सदस्य प्रकाशहरि पोखरेलले बताए।

उनका अनुसार चीनमा उपचाररत वर्षमान पुन र सँगै गएका उनकी श्रीमती ओनसरी घर्तिमगर दुई दिनपछि नेपाल फर्किँदैछन्। 'दुई दिनपछि उहाँहरु (वर्षमान र ओनसरी) नेपाल फर्किँदै हुनुहुन्छ। उहाँहरु दुवै जनाले बैठकमा सहभागी हुने चाहना देखाउनुभएको छ। त्यही भएर आजको बैठकले अध्यक्ष चयन गरेर स्थगित भएको हो,' पोखरेलले अन्नपूर्णसँग भने।

त्यस्तै अर्का केन्द्रीय सदस्य राजु खड्काले 'प्याकेज'मै सहमति गर्न आजको बैठक स्थगित भएको बताए। उनले पदाधिकारीसँगै पोलिटव्युरो, स्थायी समिति र केन्द्रीय सदस्यमा मनोनयसमेत गर्न बाँकी रहेकाले प्याकेजमै सहमति गर्न आजको बैठक स्थगित गरिएको बताए।

'आकांक्षीहरु धेरै जना भएपछि तत्काल सहमति गर्ने वातावरण देखिएन। सबै पदमा एकमुष्ठ सहमति गर्न आजको बैठक स्थगित गरिएको हो। अर्को बैठकमा सबै पदका लागि सर्वसहमति हुने छ,' उनले भने।

प्रचण्डले माओवादी केन्द्रको आठौं महाधिवेशनबा २३६ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेको थियो। बैठकले त्यसलाई अनुमोदन गरेपछि सोमबार नवनिर्वाचित सदस्यहरुलाई सपथ खुवाइएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.