सुदूरपश्चिममा नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता
धनगढी : सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । केही बेर अघि निर्वाचन कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन् ।
नेकपा एमालेको तर्फबाट खुल्लाबाट डोटीका डिल्लीराज भट्ट, दलिततर्फ बैतडीका नरेश विक र महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्माले मनोनयन दर्ता गराएका हुन ।
नेकपा एमालेको प्रदेश कार्यालयबाट र्यालीसहित उमेदवारहरु निर्वाचन कार्यालय पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस !