दुर्घटनामा परे प्रदेश राज्यमन्त्री

दुर्घटनामा परे प्रदेश राज्यमन्त्री

राजविराज: प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्ण सवार गाडी बुधबार साँझ सप्तरीमा दुर्घटनामा परेको छ। बिष्णुपुर गाउँपालिका-७ नहर चोकस्थित सखडा जाने भित्री सडक खण्डमा राज्यमन्त्रीसहित ६ जना सवार ज.१ झ ४०६ नम्बरको गाडी दुर्घटनामा परेको राज्यमन्त्री कर्णले बताइन्।

राज्यमन्त्री कर्णले अन्नपूर्ण सम्वाददातालाई फोन गरी साँगुरो बाटोमा मोड्न खोज्दा नियन्त्रण गुमाउन पुगेको गाडी अचानक पल्टिएर खेतमा पुगेको बताइन्। राज्यमन्त्रीको टोली छिन्नमस्ता गाउँपालिका-६ खुदीबखारीका ८९ वर्षीय मुक्तिलाल मण्डलको परिवारलाई समवेदना दिएर फर्किरहेका बेला दुर्घटनामा परेको स्वकिय सचिव ध्रुबकुमार मण्डलले जानकारी दिए।

गाडीमा राज्यमन्त्रीसहित स्वकिय सचिव मण्डल, सुरक्षा गार्ड प्रहरी हवल्दार तुलसीप्रसाद साह, चालक विकेश चौधरी, नेकपा माओवादीका नेताहरू जयप्रकाश चौधरी र प्रथमलाल राम सवार थिए। सबै जनालाई सामान्य चोटपटक लागेको मण्डलले बताए। राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारपश्चात सबै जनालाई अस्पतालले डिस्चार्ज गरेको छ। अवस्था सामान्य रहेकोले औषधि खाने र आराम गर्ने सल्लाह दिएर घर पठाइएको अस्पतालका डा. ज्ञानेन्द्र झाले बताए।

मृतक परिवारलाई भेंटेर फर्किरहेको टोली छिन्नमस्ता गाउँपालिका-१ बरही वीरपुरस्थित भुटीदेबी यादवको परिवारलाई भेंटन गइरहेको थियो। यादवको ०७८ पुस १२ गते हत्या भएको थियो भने धारिलो हतियारले घाँटी काटिएको अवस्थामा मण्डलको शव २०७८ मङ्सिर ८ गते फेला परेको थियो। हालसम्म दुबै जनाको हत्याको रहस्य खुल्न सकेको छैन।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.