गोही महोत्सवको तयारी

गोही महोत्सवको तयारी

चितवन : ब्यापारिक महोत्सवको लहर चलेको चितवनमा गोही महोत्सव हुने भएको छ। संकटमा रहेको घडियाल गोही संरक्षणका लागि गोही महोत्सव गर्न लागिएको हो। यस्तो महोत्सव नेपालमा पहिलोपटक हुन लागेको हो।

गोही संरक्षणका लागि हातेमालोको अभियान बनाएर पश्चिम चितवनको मेघौलीमा ‘नेपाल गोही महोत्सव २०७८’ आयोजना हुन लागेको हो। गोही संरक्षणमा रुचि राख्ने अनुसन्धानकर्ता, विद्यार्थी, विज्ञ, संरक्षणविद्हरू सहभागी हुनेछन्। वन तथा वातावरणका विद्यार्थी मिलेर गोही महोत्सव गर्न लागेका हुन्। आगामी जनवरी २१ र २२ ‘केयर फर नेचर’ नामक संस्थाले उक्त महोत्सव गर्न लागेको हो। 

नदी किनारमा मानवीय चापका कारण गोही संकटमा छन्। नारायणी र राप्ती नदी किनार आसपास समुदाय र विद्यार्थीहरूलाई संरक्षणमा सहभागी गराउन महोत्सव आयोजना गरिएको हो। 

महोत्सवमा  वैज्ञानिक अनुसन्धानको जानकारी गराइनेछ। गोहीका बारेमा सचेतनामूलक कार्यक्रम र गोष्ठी पनि गरिने संयोजक सिद्धार्थ रेग्मीले बताए। ‘चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा आदिवासी जनजातिहरू छन्। उनीहरू माछा मार्ने क्रममा गोहीहरूसँग नियमित भेटिन्छन्। उनीहरूलाई गोहीप्रतिको माया र महत्व बुझाउन महोत्सव गर्ने सोच बनायौ’ उनले भने ‘नेपालमा गोही पर्व कहिल्यै मनाइएन र नेपालमा यस्ता कार्यक्रम गरी संरक्षण प्रवद्र्धन गर्न यो महोत्सव राम्रो उदाहरण हुनेछ।’

महोत्सव अवधिभरका क्रियाकलाप गोही केन्द्रित छन्। गोहीको प्राकृतिक बासस्थानको अवलोकन गर्ने ब्यवस्था गरिएको छ। महोत्सवमा जानेहरूले मेघौलीको राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा गोही हेर्न पाउनेछन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.