जलवायु परिवर्तनविरुद्ध अन्नपूर्ण अभियान आरम्भ
काठमाडौं : विश्वव्यापी संकट बनेको जलवायु परिवर्तनविरुद्ध अन्नपूर्ण मिडिया नेटवर्कले घोषणा गरेको ‘दिगोपनका लागि एकता’ अभियान शुक्रबार आरम्भ भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापाले यसको उद्घाटन गरेका छन्।
त्यस क्रममा प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको मुद्दामा सञ्चारको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले जलवायुमैत्री व्यवहार, जीवनशैली र प्रकृति संरक्षणमा सञ्चारमाध्यमले सकारात्मक भूमिका खेलेको उल्लेख गरे। ‘जलवायु परिवर्तनका मुद्दामा सरकार गम्भीर छ, यसमा अन्नपूर्ण मिडिया नेटवर्कले लिएको जिम्मेवारीपूर्ण भूमिका सराहनीय छ’, प्रधानमन्त्री देउवाको भनाइ थियो। उनले सरकार अल्प र दीर्घकालीन योजना बनाएर जलवायु परिवर्तनमा काम गर्ने तयारीमा रहेको
जानकारी दिए। प्रधानमन्त्री देउवा बेलायतको ग्लास्गोमा हालै सम्पन्न जलवायु सम्मेलनको २६औं संस्करण ‘कोप २६’मा सहभागी भएका थिए। उनले संसारका प्रभावशाली मुलुकका राष्ट्रप्रमुखसमक्ष हिमाल जोगाउने विषयमा छलफल भएको बताए। ‘कार्बन उत्सर्जनमा नेपालको भूमिका न्यून भए पनि उल्टै गम्भीर समस्या झेल्नुपरेको छ’ उनले भने, ‘हिमाल जोगाउन र जलवायुजन्य जोखिमबाट परेको असरबारे कुरा गरेको छु।’
‘जलवायु परिवर्तनका मुद्दामा सरकार गम्भीर छ, यसमा अन्नपूर्ण मिडिया नेटवर्कले लिएको जिम्मेवारीपूर्ण भूमिका सराहनीय छ।’
शेरबहादुर देउवा, प्रधानमन्त्री
पार्टीका घोषणापत्र र नीतिमा जलवायु परिवर्तनको विषयलाई महत्त्वका साथ उठाउने छौं।’
– केपी शर्मा ओली, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री
‘स्थानीय तहदेखि जलवायुको विषयमा चेतनामूलक कार्यक्रम गर्दै प्राकृतिक स्रोत, साधन जोगाउन लाग्ने छौं।’
– पुष्पकमल दाहाल, माओवादी केन्द्र अध्यक्ष एवं पूर्वप्रधानमन्त्री
‘प्रकृतिलाई जिस्क्याउनु हुँदैन। उसले हामीलाई जोगाउने हो। प्रकृतिसँगै जानुपर्छ।’
– माधवकुमार नेपाल, एकीकृत समाजवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री
जलवायु परिवर्तनका कारण चरम मौसमी घटना बढेको र जनजीवन प्रभावित भएको देउवाको भनाइ छ। सम्मेलनमा नेपालले सन् २०४५ सम्ममा शून्य कार्बनमा जाने राष्ट्रिय निर्धारित कार्यक्रममा समेटेको जानकारी दिए। त्यसैगरी ४५ प्रतिशत जंगल बनाउने, सन् २०३० सम्म वनलाई पहिलाको अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको पनि उनले कार्यक्रममा जानकारी दिए। कार्यक्रममा पूर्वप्रधानमन्त्रीत्रय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भिडियो सन्देश देखाइएको थियो।
एमाले अध्यक्ष ओलीले सरकार र मानव जाति नै अस्वस्थ आर्जनमा लागेर पर्यावरण बिगारेको आरोप लगाए। ‘छिटो आर्जन गर्न खोज्ने तर वातावरणमा ध्यान नदिने नकारात्मक प्रवृत्तिले जलवायु परिवर्तनमा असर पारेको छ’, उनले भने। ओलीले अन्नपूर्ण मिडिया नेटवर्कले थालनी गरेको जलवायु परिवर्तनबारेको जनचेतना कार्यक्रम सराहनीय भएको बताए। पार्टीका घोषणापत्रहरूमा यस्ता प्रश्न उठाउन आवश्यक देखेको उनले जनाए।
माओवादी केन्द्रका अध्यक्ष दाहालले भर्खरै सम्पन्न महाधिवेशनमा जलवायुको विषय मुख्य मुद्दा बनेको बताए। प्रकृति र मानव जातिलाई पारेको असरलाई खोज गरेर ती मुद्दा समेटिएको उनले जानकारी दिए। ‘यस विषयलाई आन्दोलनको रूपमा लैजानुपर्छ भन्ने हो’, दाहालले भने, ‘नसोचेका घटनाहरू भइरहेका छन्। यसका पछाडि जलवायु परिवर्तनको असर छ।’ स्थानीय तहदेखि जलवायुको विषयमा चेतनामूलक कार्यक्रम गर्दै प्राकृतिक स्रोत, साधन जोगाउन लाग्नेमा आफू प्रतिवद्ध भएको उनले बताए।
यसैगरी, समाजवादीका अध्यक्ष नेपालले प्रकृतिलाई कमजोर ठानेर जिस्क्याउन नहुने बताए। उनले भने, ‘प्रकृतिलाई जिस्क्याउनु हुँदैन। उसले हामीलाई जोगाउने हो। प्रकृतिसँगै जानुपर्छ। औद्योगीकरणले वन विनाश गर्छ। तापक्रम बढेकाले असर हिमालमा देखिन्छ।’ उनले आफ्नो कार्यकालमा जलवायुको मुद्दा अग्रसरतामा राखेको पनि जानकारी दिए। संस्कृतिविद् सत्यमोहन जोशीले पैसा जति कमाए पनि पर्यावरण बिग्रिएमा परिणाम नराम्रो हुने विचार व्यक्त गरे। उनले पृथ्वीको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याए।
अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापाले जलवायु परिवर्तनका सवालमा नेपाल सिक्ने क्रममा रहेको बताए। यस मुद्दालाई आफूहरूले गम्भीरताका साथ लिएको उनले प्रतिबद्धता जनाए। ‘जलवायु परिवर्तनविरुद्ध अभियान केवल प्रसिद्धि कमाउन गरेको होइनौं। विश्वव्यापी संकटको यस मुद्दामा उत्तरदायी भएर लाग्नेछौं’, अध्यक्ष थापाको भनाइ थियो।
उक्त समारोहमा नेटवर्कले प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे र एडमन्ड हिलारीका साथ सगरमाथा पुगेका ९० वर्षीय कान्छा शेर्पालाई विशेष सम्मान गरियो। कार्यक्रममा राजदूतहरू, विशिष्ट सरकारी अधिकारीहरू, विदेशी निकायका प्रमुखहरूलगायतको उपस्थिति थियो।
ऐक्यबद्धताको समझदारी
समारोहमा अन्नपूर्ण मिडिया नेटवर्कसँग जलवायु परिवर्तनविरुद्धको अभियानमा ऐक्यवद्धता जनाउन विभिन्न दस संस्थासँग समझदारी–पत्र आदान प्रदान गरिएको गियो। जसमा अल्टरनेटिभ इनर्जी प्रोमोसन सेन्टर (एपेक), आइडिया स्टुडियो, नेपाल, काठमाडौं विश्वविद्यालय, लाइन्स क्लब नेपाल (इन्टरनेशनल डिस्ट्रिक्ट ३२५बी१–नेपाल, एनएमबी बैंक, वल्र्ड भ्लग च्यालेन्ज, यति एयरलाइन्स, सेन्टर फर ग्रीन इकोनोमी डेभलपमेन्ट (सीजीइडी), नेपाल, एयरलाइन अपरेटर्स एसोसिएसन अफ नेपाल र सिम्रिक फाउन्डेसन छन्।
‘