पर्सामा २ बालबालिका मृत भेटिए

पर्सामा २ बालबालिका मृत भेटिए

वीरगन्ज : पर्सामा २ जना बालबालिका मृत भेटिएका छन् । पर्साको वीरगन्ज महानगरपालिका-१ जना वालिका र जगरनाथपुर गाँउपालिका-६ सन्ठी गाँउमा एक जना वालकको शव भेटिएको हो  । 

वीरगन्ज महानगरपालिका-१६ नगवामा ९ वर्षिया वालिकाको शव भेटिएको प्रहरीले जनाएको छ । वीरगज-१५ भिस्वामा आमाबुबासंगै डेरामा बस्दै आएकी अन्दाजी ९ वर्षीया वालिका रिजवाना खातुनको शव नगवामा भेटिएको हो । 

नगवास्थित निर्माणाधिन एक घर छेउमै घोप्टो परेको अवस्थामा खातुनको शव भेटिएको पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए । शव शंकास्पद अवस्थामा भेटिएकाले हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ । आशंकाको आधारमा ३ जनालाई नियन्त्रण्मा लिएर आवश्यक अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रवक्ता खनालले बताए । शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाईएको उनले बताए ।शवको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने खनालले बताए । 

यस्तै पर्साकै जगरनाथपुर गाउँपालिका–६ सन्ठीमा पनि एक जना बालकको शव भेटिएको छ । घरबाट चार दिनदेखि हराइरहेका स्थानीय नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेल शनिबार बिहान मृत भेटिएका हुन् । गाउँ नजिकैको उखुबारीमा मन्टुको शव, घाटीमा गम्छाले कसिएको अवस्थामा भेटिएको हो । 

शनिबार बिहान घाँस काट्न उखुबारीमा गएकी एक महिलाले बालकको शव देखेकी थिइन् । त्यसपछि गाँउलेले प्रहरीलाई खबर गरेका थिए । बालकको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको प्रहरी नायव उपरिक्षक खनालले जानकारी दिए । बालकको हत्या गरिएको आशंका प्रहरीको छ ।

घटनामा संलग्न रहेको हुन सक्ने आशंकामा ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको खनालले जानकारी दिए । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.