इँटा खसेर महिला मजदुरको मृत्यु

इँटा खसेर महिला मजदुरको मृत्यु

राजविराज : उद्योगमा इँटा चाङ लगाइरहेकी एक महिला मजदुरको शरिरमाथि इँटा खसेर सोमबार मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका–६ तेरहौतास्थित बिशाल ईट्टा उद्योगमा कार्यरत सोही वडाका दुखन सरदारकी श्रीमती ५० वर्षीया जतरीदेवी सरदारको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

इँटा पकाउने तयारीका लागि चाङ लगाउने क्रममा लडेको ईट्टाको पर्खालले थिचिएर सरदार घाइते भएकी थिइन् । घाइते सरदारको उपचारका क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बताए ।

दुर्घटनामा सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ का ५० वर्षीय मंगल सदा र भारत रायबरेली मधुवनका ४० वर्षीय रमेशकुमार लौदी घाइते भएका छन् । घाइते दुवै जनाको छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.