वीरगन्जका विद्यालय बन्द नगर्ने महानगरको निर्णय

वीरगन्जका विद्यालय बन्द नगर्ने महानगरको निर्णय

वीरगन्ज: कोरोना संक्रमण बढ्दै गएपछि सरकारले मंगलबारदेखि माघ १५ गतेसम्म देशभरिका विद्यालयहरु बन्द गर्ने निर्णय गरे पनि वीरगन्ज महानगरका विद्यालयहरु भने बन्द नहुने भएका छन्।

यसअघि कोरोनाको दुवै लहरमा संक्रमणको हटस्पट बनेको वीरगन्ज महानगरपालिकाले अहिले वीरगन्जमा कोरोना संक्रमणको स्थिति नियन्त्रणमै रहेकाले विद्यालयहरु बन्द नगर्ने जनाएको छ।

महानगरको शैक्षिक प्रशासन महाशाखाले सोमबार साँझ एक सूचना जारी गर्दै महानगरका विद्यालयहरु बन्द नहुने जानकारी गराएको हो। वीरगन्जमा अहिलेसम्म कोरोना संक्रमणको स्थिति नियन्त्रणममै रहेकाले विद्यालयहरु सञ्चालनमा कुनै नसमस्या नभएकाले महानगरका विद्यालयहरु नियमितरुपमै सञ्चालनमा रहने महानगर प्रमुख विजय कुमार सरावगीले बताए।

‘वीरगन्ज अहिले ग्रिन जोनकै अवस्थामा छ। त्यसैले अहिले नै विद्यालय बन्द गरिहाल्नुपर्ने अवस्था छैन,' उनले भने। विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने निर्णय स्थानीय तहको अधिकारभित्र पर्ने भएको भन्दै सरावगीले थपे, ‘जुन दिन वीरगन्जमा संक्रमणको अवस्था नियन्त्रण बाहिर जाने संकेत देखिन्छ। त्यही बेलादेखि मात्र महानगरका विद्यालयहरु बन्द गरिन्छ।'

सरावगीले अहिले भने आफना बालबालिकाहरुलाई स्वास्थ्य सुरक्षाको सावधानी अपनाएर ढुक्क भएर विद्यालयमा पठाउन अभिभावकहरुसँग आग्रह पनि गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.