वीरमा ‘व्यर्थ’को आन्दोलन, किन पटक-पटक सलबलाउँछन् कर्मचारी?

वीरमा ‘व्यर्थ’को आन्दोलन, किन पटक-पटक सलबलाउँछन् कर्मचारी?

काठमाडौं: नेपालको जेठो अस्पताल हो विर अस्पताल। विसं १९४७ मा स्थापना भएको वीरमा सर्वसाधारणले सजिलै सेवा लिन पाइरहेका छैनन्। सामान्य अप्रेसन गर्न महिनौं पालो कुर्नुपर्छ। अस्पतालमा कार्यरत कर्मचारीहरुले पनि विरामीलाई सेवामैत्री व्यवहार गर्दैनन्। देशका कुना कन्दराबाट आएका विरामीहरु उपचारै नपाइ फर्किनुपरिरहेको अवस्था छ। 

वीर अस्पतालमा गत सोमबार बिहान सम्बाददाता पुग्दा विरामीहरु चिकित्सकको पर्खाइमा थिए, कोही रिपोर्ट कुर्दै थिए। ओपिडी टिकट लिएका विरामीका आफन्तहरु पनि डाक्टरहरुको पर्खाइमा रहेका थिए। 
उनीहरु भन्दै थिए, ‘ब्लड चाहिएको, ब्लड पनि रहेनछ, कसरी खोज्ने होला? जसरी पनि ए पोजेटिभ ब्लड खोज्नु भनेका छन्।’

प्युठान खलगांका २७ वर्षीय गोमा श्रेष्ठको मिर्गौला फेल भएर आफन्तसँग अस्पताल पुगिन्। उनलाई डायलिसिस गराउनुपर्ने थियो। तर, कसैले उनलाई वास्ता गरेनन्। ‘पालो कुर्नुस् भनेका छन्। पालो आउँछ कि आउँदैन, ठेगान छैन,' उनका आफन्तले भने।

उनले वीरमा पालो आउन धेरै समय लाग्ने थाहा पाएर डायलिससका लागि अन्तै जानुपर्ने बाध्यता रहेको बताए। त्यस्तै अस्पतालका अधिकांश उपकरणहरु थन्किएका छन्। केही उपकरण खरिदमा घोटाला भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको अवस्था छ। 

वीर अस्पतालमा उपचारसम्बन्धी उपकरण दुरुस्त नहुने, विरामीको चापका कारण सामान्य उपचारका लागि तीन-चार घण्टा कुर्नुपर्ने, एमआरआई तथा सिटिस्क्यानका सेवा समयमै उपलब्ध नहुँदा विरामीहरु मारमा पर्दै आएका छन्। उपकरण र आवश्यक चिकित्सकको अभावमा न्युरो, हाडजोर्नीजस्ता शल्यक्रियाका लागि विरामीले महिनौं कुर्नुपर्ने बाध्यता अस्पतालमा छ। केही समयअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा सरकारी अस्पतालमा ओपिडी सेवा लिन जानेहरुको संख्या घटेको पाइएको थियो।

किन सधैं हुन्छ आन्दोलन?
विसं २०७७ कात्तिकमा वीर अस्पतालका कर्मचारीहरु आन्दोलनमा थिए। त्यतिबेला उनीहरुको हकहितका मागसहित एउटा माग थियो, ‘निर्देशकमा नियुक्त भएका डा. जागेश्वर गौतमको राजीनामा।’ २०७८ जेठ १० मा कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुखमा डा. गौतम नियुक्त भएका थिए।

वीर अस्पतालमा धर्नामा रहेका कर्मचारीहरुसँग छलफलको क्रममा भनाभन भएपछि डा. गौतमले प्रहरी बोलाएर कर्मचारीहरुलाई पिटाएको आरोप कर्मचारीहरुले लगाएका थिए। त्यसलगत्तै अस्पतालका कर्मचारीले डा. गौतमलाई फिर्ता गर्नुपर्ने माग गर्दै अस्पतालको गेटमै धर्ना दिएका थिए। गत साउन १८ मा डा. गौतमलाई सरकारले हटायो। स्रोतका अनुसार डा. गौतम र त्यहाँका कर्मचारीबीच सम्बन्ध राम्रो थिएन।

गत साउन १९ मा कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर) अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा. भुपेन्द्र बस्नेत नियुक्त भए। केही समय आन्दोलन मत्थर भयो। स्रोतका अनुसार डा. बस्नेतले केही कर्मचारीको सहयोग पाए।

यतिबेला अस्पतालका कर्मचारीहरु फेरि आन्दोलनमा उत्रिएका छन्। वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीका रुपमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनी नियुक्त भएका छन्। तर, वीरका कर्मचारीहरु उनलाई हाजिर गर्न नदिने भन्दै आन्दोलनमा छन्। १२औं तहको नयाँ दरबन्दीमा सरकारले डा. लोहनीलाई वीर अस्पताल पठाउँदा कर्मचारी आन्दोलित छन्। सरकारले पहिलोपटक १२औं तहको कर्मचारीलाई वीर अस्पतालको नेतृत्वमा पठाएको हो।

आन्दोलित कर्मचारीहरुले विभिन्न माग तेर्स्याएर बुधबार बिहान १० बजेदेखि अस्पतालमा धर्नामा बसेका थिए। यसअघि सरकारले ८ सय ३१ दरबन्दी थप गरी १२औं तह प्रमुख विशेषज्ञले नेतृत्व गर्नेगरी संगठन संरचना पास गरेको थियो। सरकारले १०औं तहका डा. भुपेन्द्र बस्नेतलाई नियुक्ति गर्दा कर्मचारी संगठनहरु मौन बसेका थिए।

‘स्वायत्त चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा नियम विपरीत स्वास्थ्यमन्त्री विरोध खतिवडाले नकारात्मक र विवादित छबिका डा. गुणराज लोहनीलाई वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेका छन्। विगतमा स्वास्थ्य विमा बोर्ड, स्वास्थ्य सेवा विभाग, कोशी अस्पताल लगायतमा असफल र मेडिकल माफियासँग विशेष सम्बन्ध भएका डा. लोहनी पहिल्यैदेखि वीर अस्पतालविरोधी रवैया देखाउँथे,' अस्पतालका एक कर्मचारीले भने, 'उनले (डा. लोहनी) स्वास्थ्य मन्त्रालयमा रहँदा न्याम्सको सुधारमा अवरोध गरेका थिए। उनले न्याम्सलाई स्वायत्त हुन नदिने, न्याम्स सेवा आयोग गठनमा अवरोध गर्न, सर्जिकल भवन सञ्चालनमा बजेट माग गर्दा बजेट नदिएर भुत बगंला बनाएको, दुवाकोट परियोजना अगाडि बढ्न नदिने, वीर अस्पतालको कर्मचारीको तलब, भत्ता पटक-पटक रोक्ने, समायोजन भएका कर्मचारीसँग आर्थिक कारोबार गर्न रमाना नदिनेजस्तो अस्पतालविरोधी कार्य गर्दे आएका थिए। सो को पुस्टाई न्याम्स  पदाधिकारीले नै गरेका छन्।’ 

विवादित र भष्ट चरित्रका व्यक्ति वीर अस्पतालमा ल्याउन नहुने आन्दोलनकारीहरुको माग गरहेको उनले बताए। कर्मचारीहरुले आन्दोलन गर्न थालेपछि डा. लोहनी आज अस्पतालमा हाजिर भएनन्। तर डा. भुपेन्द्र भने हाजिर भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.