रिसइबी र आर्थिक प्रलोभनका कारण भारतीय इ–रिक्सा चालकको हत्या

रिसइबी र आर्थिक प्रलोभनका कारण भारतीय इ–रिक्सा चालकको हत्या

वीरगन्ज : वीरगन्जमा ९ दिन पहिले मृत अवस्थामा भेटिएका भारतीय इ–रिक्सा चालकको हत्या पुुरानो झगडाको रिसइबी र आर्थिक प्रलोभनका कारण गरिएको खुलेको छ। भारत बिहारको बैशाली जिल्लाको महुवा घर भइ हाल वीरगन्ज—३ छपकैयामा बसेर इ–रिक्सा चलाउँदै आएका ४५ वर्षीय मुख्तार मियाँ पुष २२ गते वीरगन्ज—२३ इटियाहीस्थित कुलो नजिक मृत अवस्थामा फेला परेका थिए। 

पुष २१ गते साँझ वीरगन्जको नारायणी अस्पताल छेउबाट बिरामी लिन भनेर इ–रिक्सा लिएर हिडेका मुख्तार पुष २२ गते अपरान्ह इटियाहीमा मृतफेला परेका थिए। पक्राउ पर्नेमा भारत बिहारको मोतीहारी घर भई हाल वीरगन्ज—३ छपकैयामा बस्दै आएका इ–रिक्सा चालक ३० वर्षीय सुनिल कुमार, बाराको बारा परवानीपुर—५ का २२ वर्षीय निकेश पटेल, भारत बिहारको बैजरपुर घर भइ हाल वीरगन्ज—३ छपकैयामा बस्दै आएका ५५ वर्षीय सपन मण्डल रहेका छन्। 

यस्तै भारत बिहार घर भई हाल वीरगन्ज—२ छपकैयामा होटल व्यावसाय गर्दै आएका ३५ वर्षीय  बक्सर भन्ने नाजिर हुसैन र  ५० वर्षीय बाबर हुसैनलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

फरार रहेका एक जनाको भने परिचय प्रहरीले खुलाएको छैन। प्रहरीका अनुसार मृतक मुख्तारसंगको झगडापछि रिसइबी र आर्थिक प्रलोभनाका कारण उनको हत्या गरिएको हो। 
घटना विवरण

सपन मण्डल र मृतक मुख्तार मियाँ वीरगन्ज—३ छपकैयामा एउटै घरमा भाडामा बस्दै आएका थिए। केहीदिन पहिले सपन मण्डल र मुख्तारकोबीचमा झगडा भएको थियो। झगडाको क्रममा सपनले मुख्तारलाई मारेर लास गायब बनाइदिन्छु भनेर धम्की दिएका थिए।

प्रहरीका अनुसार मुख्तारको श्रीमतीसँग आफ्नो श्रीमतीको झगडा परेपछि सपनले छेउकै घरमा डेरा बसेका सुनिल कुमारलाई भेटेर मुख्तारको हत्या गर्न इ–रिक्सा किनिदिने आश्वासन दिएर ५० हजार रुपैया दिएका थिए।

त्यसपछि सुनिल कुमारले मख्तारको हत्या गर्ने योजना बनाई भारतमा बस्ने अहिले फरार रहेका आफना साथी र पहिले आफूसँगै कार्टुन फ्याक्ट्रीमा काम गर्दा चिनेका साथी निकेशलाई बोलाएका थिए।

योजना अनुसार पुष २१ गते साँझ ५ बजेतिर सुनिल कुमारका भारतीय साथी र निकेशले नारायणी अस्पताल अगाडि श्रीमतीको ठेलापसल छेउमा इ–रिक्सा रोकेर बसिरहेका मुख्तारलाइ भेटेका थिए। 

दुवै जनाले गण्डक चोकबाट डेलिभरी केस नारायणी अस्पतालसम्म ल्याउन भनेर ५ सय दिन्छौँ भनी इ–रिक्सा भाडामा लिई दुवै जना मुख्तारको इ–रिक्सा चढेर घटनास्थल पु¥याएका थिए। घटनास्थलमा मुख्तारलाइ पुरयाए लगत्र्तै त्यहाँ पहिले देखि नै बसेका सुनिलसंगै मिलेर निकेश र उनका साथीगरी ३ जनाले फलामको रेन्चले मुख्तारको टाउकोमा अन्धाधुन्ध प्रहार गरेका थिए। 

मुख्तारको मृत्यु भएपछि शव उनीहरुले कुलोमा फालिदिएका थिए। त्यसपछि तीनै जनाले घटनास्थलबाट केहीवर आई फलामको रेन्च र रगत लागेको सर्ट फालेका थिए। सुनिलले बाबर र बक्सरलाई फोनगरी निजहरूको सहयोगमा मृतक मुख्तारको इ–रिक्सा बाराको फेटा गाउँपालिका–४स्थित पिलाहा सडकमा लगी छोडी दिएका थिए।


पुष २१ गते साँझदेखि इरिक्सासहित सम्पर्कविहिन भएका मुख्तारको खोजीका लागि उनकी श्रीमतिले पुष २२ गते दिउसो जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन्। त्यसपछि प्रहरीले खोजतलाशको क्रममा मुख्तारको शव इटियाहीस्थित बयोधा अस्पताल पछाडिको कुलोमा फेला पारेको थियो।   
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.