एउटै लक्ष्य सगरमाथा
इलाम : उमेरले २८ मात्रै टेकेकी इलामको सूर्योदय नगरपालिका–१० की युवन्तिका तामाङ काठमाण्डौ हिड्नु अघि भन्दैथिन् ‘पचास लाखको खाँचो छ, जसरी पनि सर्वोच्च शिखर चुम्नु छ।’ उनको जाँगर सुन्नेहरु उनलाई साथमै बसेर सघाई रहेका छन्। सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राईले अभियानमा नगरपालिकाको साथ रहने भन्दै शुभकामना दिए। उनीभन्दै थिए ‘यो युवाहरुका लागि प्रेरणको कदम हो।’
तामाङ अहिले इलाइट हिमालय एक्सपिट ट्रेकमार्फत आरोहण अभ्यास गरिरहेकी छन्। सगरमाथाको लोबुचे पिकसम्मको ६ हजार १ सय १९ मिटरको उचाइको आरोहण गरेर फर्किएकी उनमा सगरमाथा जित्ने उत्साहा देखिएको उनको अभियानमा सहयोग गरिरहेको सूर्योदय महिला मञ्चकी कोषध्यक्ष हेममाया (रामु) प्रधान बताउँछिन्। उनका अनुसार मञ्चले उनको अभियानलाई सहज बनाउन पहल गरिरहेको छ।
लोबुचेसम्मको अनुभव नै आफ्नो माथिल्लो यात्राको शत्तिाm ठान्ने उनले भनिन् ‘सबैको साथले मलाई सगरमाथा पु¥याउनेमा विश्वस्त छु ।’ तीन महिने थप कोर्सकालागि काठमाडौंमा रहेकी उनी आउने अप्रिल महिनामा सगरमाथाको यात्रामा जानेछन्।
साहसिक खेल र बाइक राइडिङमा युवाहरुसंग प्रतिस्प्रधामा आउन रुचाउने तामाङले इलामको पर्यटन प्रवर्दनका लागि सगरमाथा आरोहणको यात्रामा निस्कन लागेको बताइन्। बंगुर पालन व्यवसाय गरेर व्यवसायीक महिलाको उदाहरण बन्ने प्रयास गरिरहेकी उनले महिला र युवाका अभियानहरुमा सकृय साथ दिदै आएकी छन्। सगरमाथा आरोहणकालागि उनी जिल्लाकै पहिलो महिलाको रुपमा सगरमाथा आरोहणको प्रयासमा छन्। सगरमाथा आरोहण गर्ने जस्तो साहसिक काममा लागेकी उनलाई घर परिवार र स्थानीयबाट पनि उत्साह थपिएको उनको अनुभव छ। सगरमाथा आरोहण खर्चिलो हुने भएकाले विभिन्न संघसंस्था र सरोकारवालासँग आवश्यक खर्च व्यवस्थापनकालागि पहल गरिरहेको उनले जानकारी गराइन्।
प्रदेश न १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई समेतलाई भेट गरेर अभियानमा साथ दिन आग्रह गरेकी तामाङले मन भएका सबैलाई सहयोगका लागि आव्हान समेत गरेकी छन्। उनी भन्छिन् ‘अहिले इलामकै पहिलो महिलाकोरुपमा सगरमाथा आरोहण गर्ने अभियानमा छु, इलामको पर्यटन विकासमा योगदान पुर्याउँदै जिल्लाको प्रतिष्ठा बढाउने उदेश्यले मैले यो हिम्मत गरेकी हुँ। यो अभियानमा मलाई धेरैले साथ र सहयोग गरिरहनुभएको छ। अझै पनि मलाई सफलता चुम्न यहाँहरुको उल्लेख्य सहयोगको खाचो छ। कृपया एउटी चेलीको हिम्मत, आट र समग्र जिल्लाको पहिचानकालागि अगाडी बढेका पाइलाहरुलाई प्रोत्सहान गर्दै आगामी दिनमा पनि साहसिक गतिविधिलाई अगाडी बढाउने हौसला प्रदान गरिदिनु हुन विनम्र अनुरोध गर्दछु ।’
तस्विर ः इलामकी युवन्तिका तामाङ ।