ट्याक्टर मजदुरको मृत्यु

ट्याक्टर मजदुरको मृत्यु

राजविराज : ट्रयाक्टर लिएर माटो लिन गएका एक मजदुरको दुर्घटनामा परेर मृत्यु भएको छ। ट्याक्टरका चालक खाना खाइरहेको बेला स. १ त २७६ नम्बरको ट्याक्टर लिएर माटो लिन जानेक्रममा अनियन्त्रित भई दुर्घटना हुँदा हनुमानगर कंकालिनी नगरपालिका–६ का रामसेवक सदाको छोरा २३ वर्षीय धिरज सदाको मृत्यु भएको हो।

ट्याक्टर गुडाएर माटो लिन गएका सदालाई ट्याक्टरले नै थिचेर पानीबाट निक्लन नपाएको स्थानीयवासीले बताए। ट्याक्टर अनियन्त्रित भई हनुमानगर कंकालिनी नगरपालिका–६ स्थित कोशीको पश्चिमी नहरमा पल्टिएर हुबेको अवस्थामा फेला परेको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।
पानीमा डुबेको शव प्रहरीले शनिबार बाहिर निकालेको छ। मृतकको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ। ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.